Logo

विविध कार्यक्रम गर्दै लक्ष्मी लघुबित्तको बार्षिक उत्सव उत्साहपुर्ण तवरले सप्पन्न ।

Samachar Rekhanews १४ मंसिर २०७९, बुधबार २२:११ मा प्रकाशित

मंसिर १४,२०७९ बुधबार
सरला सुबेदी
बाँके । लक्ष्मी बैङ्कको सहायक कम्पनिको रुपमा काम गर्दै आएको लक्ष्मी लघुबित्त बित्तीय सस्थाले आफ्नो बार्हौ बार्षिक उत्सवका अवसरमा विविध कार्यक्रम सम्पन गरेको छ ।
आज बुधबार शाखा कार्यालय कम्दिले सस्था स्थापना दिवसको अवसर पारी डुडुवा २ नौरिगौडि मा अबस्थित श्री पशुपति माध्यामिक बिधालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन गरेको छ । साक्षरता कार्यक्रममा कक्षा ९ र १० गरि करिब ५५ जना बिद्यार्थीको सहभागिता रहेको थियो ।
साथै सस्थाले स्थापना दिवसकै अवसर पारेर आजै श्री पशुपति माबी नौरिगौडी , इलाका प्रहरी कार्यालय बेताहानी र इलाका प्रहरी कार्यालय कम्दिमा एक एक थान डस्टबिन समेत हस्तान्तरण गरेको सस्थामा कार्यरत कर्मचारी दुर्गा शर्माले जानकारी गराएका छन । उनले सानो उमेरदेखि नै, वचत गराउने, भएको पैसाको सदुपयोग गर्ने, अनावश्यक क्षेत्रमा लगानीकम गर्ने, कर्जा लिंदा कर्जाको उपयोगिताको बारेमा सिकाउने, ऋण नतिर्दाको असर, त्यसको बारेमा ज्ञान दिने उदेश्यका साथ बित्तीय साक्षरता कार्यक्रम गरिएको र फोहोर व्यवस्थापनमा थोरै भएतापनी सहयोग पुगोस् भन्ने चाहानाले डस्टबिन हस्तान्तरण गरिएको बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?