Logo

शव ब्यवस्थापनमा सक्रिय युवा संघ प्रदेश अध्यक्ष थापा

Samachar Rekhanews ९ जेष्ठ २०७८, आईतवार १२:५८ मा प्रकाशित

बाँके जेठ ९ गते ।
कोरोना संक्रमणको दोस्रो लहर पछि बाँकेका शहर मात्रै होइनन् गाउँ समेत कोरोना संक्रमणको चपेटामा परेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर संगै बाँकेमा संक्रमण र मृत्युको दर उच्च बनेको थियो । हालका दिनमा संक्रमणको दर केही कम भए पनि मृत्युको सिलसिला भने रोकिएको छैन ।

कोरोना संक्रमणका कारण जिल्लाको अवस्था नाजुक बने संगै सक्रिय बनेका युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष किशोर थापाले पछिल्ला दिनहरूमा कोरोना संक्रमितको शव ब्यवस्थापनमा समेत सक्रियता देखाउदै आएका छन् ।

कोरोना कहरको सुरुवाती दिनदेखी नै प्रदेश अन्तरगतका जिल्ला कमिटीलाई कोरोना कहरमा कोरोना संक्रमितको उपचार तथा उपचारमा सहयोग पुराउन आव्हान तथा निर्देशन दिएका थापा गृह जिल्ला बाँकेमा एम्बुलेन्स संचालन, शव ब्यवस्थापन तथा संक्रमितको उपचार सहयोगमा जुटिरहेका छन् ।

नेकपा एमाले बैजनाथ गाउँपालिका, युवा संघ नेपाल बाँके, युवा संघ नेपाल बैजनाथ गाउँकमिटीको टोलिले कोरोना संक्रमितको शव ब्यवस्थापनमा कार्य गर्दै आएको छ ।

बाँके जिल्लामा एम्बुलेन्स अभाव कम गर्न, अक्सिजन, पिसिआर परिक्षण जस्ता कुराहरुमा संक्रमितको सहज पहुँच बनाउन जिल्लाका राजनैतिक दल र त्यसका भातृ संगठनको सक्रियता सह्रानिय रहेको छ ।

सोही क्रममा युवा संघ बाँकेका र नेकपा एमाले बैजनाथ गाउँपालिकाले बैशाख १५ गते देखि नियमित कोरोना संक्रमणको शव ब्यवस्थापन गर्दै आएको युवा संघ बाँकेका सचिव सुनिल रसाइलीले बताए । युवा संघ बाँके, नेकपा एमाले बैजनाथ र युवा संघ बैजनाथ गाउँ कमिटीको टोलिले हालसम्म २४ वटा कोरोना संक्रमितको शव ब्यवस्थापन गरिसकेको छ ।

बाँके बैजनाथ गाउँपालिकामा कोरोना संक्रमितको उपचार तथा शव ब्यवस्थापन कार्यमा युवा संघ नेपालका स्थाई कमिटी सदस्य राजु रुचाल, एमाले बैजनाथका अध्यक्ष प्रेम सुवेदी, युवा संघ बाँकेका सचिव सुनिल रसाइली, युवा संघ बाँकेका जिला कमिटी सदस्य यज्ञ पुन , खगेन्द्र तिरुवा, खेलकुद संघ जिल्ला कमिटी सदस्य दिपक कार्की, मुक्ति समाज बाँकेका अध्यक्ष लिल बहादुर नेपाली, युवा संघ नेपाल बैजनाथ गाउँकमिटी अध्यक्ष प्रेम बिष्ट लगायतका टोलिले दैनिक जसो शव ब्यवस्थापन तथा उपचारमा समन्वय र सहयोग गर्दै आएका छन् ।

कोरोना महामारीको समयमा देश र जनताको सेवा गर्नु नै मुल ध्ययका साथ जनताको घरदैलोमा पुग्दै जनताको सेवामा खटिएको एमाले बैजनाथ र युवा संघ बाँके तथा बैजनाथको कार्य प्रती स्थानिय खुसी देखिन्छन् ।    खोजखबर


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?