Logo

शसस्त्र प्रहरीद्धारा अवैध रुपमा १ लाख ५८ हजार बराबरको सामान बरामद

Samachar Rekhanews १ आश्विन २०७८, शुक्रबार २२:०७ मा प्रकाशित

नेपालगन्ज, १ असोज
शसस्त्र प्रहरीले भारतबाट अवैध रुपमा नेपाल ल्याउँदै गरेको र भारत निकासी गर्दै गरेको १ लाख ५८ हजार भन्दा बढीको विभिन्न सामान शुक्रवार दिउँसो नियन्त्रणमा लिएको छ ।

प्रहरी नायब निरिक्षक योगेन्द्र बहादुर शाहीको कमाण्डमा रहेको प्रहरीको टोलीले भारतबाट राजस्व छलेर नेपालतर्फ ल्याउँदै गरेको १ लाख ५८ हजार भन्दा बढीको किराना मोटरपार्टस र हार्ड वेयरका सामान जयसपुर नजिकबाट नियन्त्रणमा लिएको जनाईएको छ ।

ती सबै सामानलाई बेवारिसे अवस्थामा बरामद गरिएको र शुक्रवारनै नेपालगन्ज  भन्सार कार्यालयमा बुझाईएको  छ ।

शसस्त्र प्रहरीले दैनिकजसो भारतबाट नेपालतर्फ आउने गरेको र नेपालबाट भारततर्फ अवैध रुपमा जाने गरेको सामानहरु नियन्त्रणमा लिंदै आएको सप्रननि योगेन्द्र बहादुर शाहीले जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?