Logo

शालिक स्थापना गर्ने प्रयास, बिबादपछि धम्बोजी र सेतुबिक चोक तनाब ग्रस्त

Samachar Rekhanews १९ जेष्ठ २०७९, बिहीबार १२:२१ मा प्रकाशित

नेपालगन्ज / नेपालगन्जको धम्बोझी चोकमा आज बिहीबार पुन स्व. राजा विरेन्द्र शाहको शालिक स्थापना गर्ने प्रयास गरिएको छ । तर शालिक स्थापना गर्ने क्रममा विवाद भएपछि प्रहरीले शालिक हटाइएको छ ।

राजतन्त्रका पक्षधर युवाले नेपालगन्जको धम्बोझीस्थित वीरेन्द्र चोकमा दरबार हत्या काण्ड भएको आज जेष्ठ १९ गतेको दिन स्व. राजा वीरेन्द्र वीर बिक्रम शाहको सम्झनामा पुन: शालिक स्थापना गर्न खोजिएका हुन ।

स्व. राजा वीरेन्द्र शाहको शालिक स्थापन गर्ने क्रममा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, हाम्रो भाषा हाम्रो भेष प्राण भन्दा प्यारो छ जस्ता नाराबाजी समेत गरेका थिए ।शालिक राख्ने क्रममा नेपालगन्ज उपमहानगरपालिका केही जनप्रतिनिधिको समेत सहभागिता देखिएको छ ।

०६२/६३को जन आन्दोलनका क्रममा राजा बिरेन्द्रको शालिक तोडफोडपछि हटाइएको शालिक पुनः राख्दा प्रहरीले २४ घण्टा नबित्दै शालिक निकालिदिएको थियो ।

त्यस यता राजा समर्थकहरुले शालिक स्थापना गर्न पटक पटक प्रयास गरेका थिए । बिहीबार बिहान शालिक राख्ने प्रयासका क्रममा प्रहरी र राजतन्त्रका पक्षधर युवा बीच सामान्य झडप हुँदा दुबैपक्षकालाई समान्य चोटपटक लागेको जानकारी प्राप्त भएको छ ।

यसैबीच नेपालगन्जस्थित सेतु बिक चोकमा रहेको सेतु बिकको शालिक तोडफोड प्रयास गर्न पुगेका युवाहरूलाई प्रहरीले लखेटिएका छ ।

अहिले धम्बोजी र सेतु बिक क्षेत्र तनाब ग्रस्त बनेको छ । यी दुबै क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?