Logo

श्री मा. वि. जोगागाउँले बिदाई कार्यक्रम गरियो (फोटो फिचर)

Samachar Rekhanews ३० चैत्र २०७८, बुधबार १९:४८ मा प्रकाशित

साहिल शेष (ताहिर)
नेपालगन्ज, ३० चैत्र
बाँकेको जानकी गाउँपालिका-२ स्थित श्री माध्यमिक विद्यालय जोगागाउँ परिवार कक्षा-९ को आयोजनामा बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।

अध्ययनरत कक्षा-९ का विद्यार्थीहरुले कक्षा-१० का विद्यार्थीहरुलाई टीका लगाएर बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको हो । एसईई परिक्षामा उत्तीर्ण भइ प्रगतिको कामना गर्दै अघि बढ्न कक्षा ९ कि छात्राले बताइन ।

यस्तै विद्यालयका प्रअ मो.अलमीन राईको प्रमुख अतिथिमा र मावि पच्पोखराका चित्र बहादुर तिवारीको अतिथित्वमा कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै विव्यसको अध्यक्ष रज्जब अली हलवाईले विद्यालयको शैक्षिक सुधार र विद्यालयको जगलाई अझै बलियो बनाउन लागि परेको बताउनुभयो । सोही विद्यालयका प्रधानाध्यापक मो.आलमीन राईले छात्र-छात्रालाई मेहनत र लगनशीलताका सथ गुणस्तरीय शिक्षा हासिल गर्न जिकिर गर्नु भयो ।

उक्त विद्यालयमा कक्षा-१ देखि कक्षा-१० साथै बाल बिकास कक्षा पनि सञ्चालित छन । सो विद्यालय २०१० मा स्थापना भइ हाल सम्म ५२५ जना विद्यार्थी अध्ययनरत रहेको राईले बताउनु भयो ।

सोहि विद्यालयका शिक्षक जितबहादुर वर्मा, मिना नाथ, बिनु श्रीस, निरज मिश्र, हनिफ जोलाहा, गिर्धरीलाल पाठक, पुष्पा आचार्य, सीता शाही, मिरा सुवेदी, सुधा सिंह, मोतिराम पोखरेल, जित प्रकाश मिश्र, विद्यालय कर्मचारी अनिल कुमार पथिक, संदिप कहार, पत्रकार लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

अन्तमा राईले कक्षा १० का विद्यार्थीलाई १,थान डायरी र १,थान कलम प्रदान गरि कार्यक्रमको समापन गर्नु भएको थियो । उनले विद्यालयका शिक्षक कर्मचारी र विद्यार्थीहरुलाई नयाँ वर्ष २०७९ को आग्रीम शुभकामना समेत दिएका थिए


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?