Logo

संचारिका समुह बाँकेले गर्यो क्यालेण्डर बिमोचन

Samachar Rekhanews २१ बैशाख २०७९, बुधबार ००:२५ मा प्रकाशित

बाँके, नेपालगन्ज । संचारिका समुह बाँकेले बिश्व स्वतन्त्रता दिवशको अवसर पारेर नयाँ वर्ष २०७९ सालको क्यालेण्डर (भित्तेपात्रो) विमोचन गरको छ । मंगलबार इन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतद्धारा नयाँ वर्ष २०७९ को क्यालेण्डरको विमोचन गरिएको थियो । कार्यक्रममा बाँकेमा महिला पत्रकारको संख्या पहिलाको तुलनामा दिनानुदिन घट्दै गईरहेको बताउँदै महिला पत्रकारहरुलाई संरक्षण र उत्पादनमा सहयोग गर्न आवश्यकता रहेको सरोकारवालाहरुले बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिती इन्सेक प्रदेश संयोजक भोला महतले संचारिका समुहले माहिला पत्रकार र महिलाका बिषयलार्इ मात्र नलिई बालबालिका, पुरुष, मानब अधिकार लगायतका सबै बिषयलाई समेटेर समन्वयात्मक भूमिका खेल्न संचारिका टिमलाई सुझाव दिएका थिए । साथै उनले बाँकेमा विगतदेखि नै संचारिकालाई सहयोगी भूमिका इन्सेकले सक्दो सहयोग गर्दै आएको कुरालाई स्मरण गर्दै आगामी दिनमा पनि महिला पत्रकारहरुलाई आवश्यकता परेको अवस्थामा सधै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

त्यसैगरी संचारिका समुह बाँकेको पुर्ब अध्यक्ष डा. मुना श्रेष्ठले महिला पत्रकारहरुलाई पत्रकारितामा सक्रिय बनाउन र यस क्षेत्रमा निरन्तरता दिनकालागी विभिन्न विषयहरुमा फिचर र खाोज मूलक स्टोरी लेखन कार्यमा सहयोग गर्न सुझाव दिईन् । यसका साथै उनले भौतिक संरचनाको विषयलाई उठान गर्दै समूहको आफ्नै कार्यलय व्यवस्था गर्नकोलागी पनि वर्तमान टिमले महासंघलाई पहल गर्न सुझाव दिईन् । पुर्ब अध्यक्ष डा. श्रेष्ठले महिला पत्रकारलाई अझँ शसक्त र सब्वल बनाउन खोजमुलक पत्रकारिता गर्दै प्रत्येक तिन महिनामा फिचर बुलेटिङ्ग निकाल्न सल्लाह दिईन् ।

कार्यक्रममा प्रेस सेन्टर बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालले बाँकेमा महिला पत्रकारहरुको खडेरी नै लागि रहेको अवस्थामा संचारिकाले नयाँ वर्षको क्यालेण्डर निकालेर यस क्षेत्रमा महिला पत्रकारहरु अझैंपनि सक्रिए नै छन् भन्ने कुरालाई उदाहरण दिएकोमा आफुलाई निकै नै खुशी लागेको बताए । अध्यक्ष धितालले अबका दिनमा पत्रकारहरुलाई यो पेशामा अझैं अव्बल बनाउन स्वम महिला पत्रकारले नै भुमिका खेल्न आवश्यक रहको भन्दै सुझाव दिए । साथै उनले एउटै जिल्लामा भएको हुनाले आगामी दिनहरुमा संचारिकालाई आवश्यक परेको सबै खाले साथ, सहयोग र समर्थन गर्न आफु पछि नहट्ने पनि बताएका थिए ।

संचारिका समुह बाँकेका अध्यक्ष रुपनी जी.एमको अध्यक्षतामा सम्पन्न गरिएको उक्त कार्यक्रममा संचारिका समुहका सस्थापक अध्यक्ष अक्षरी पोख्रेल, समुहकै लुम्बिनी प्रदेश उपाध्यक्ष रुपा गहतराज, त्यसैगरी संचारिका समुह लुम्बिनी प्रदेशको महासचिब मेनुका चौधरी लगायतको उपस्थिती रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?