Logo

सकारात्मक अभिभावकत्व र अन्तरपुस्ता सम्बाद प्रसिक्षक प्रशिक्षण सम्पन्न

Samachar Rekhanews ८ आश्विन २०७९, शनिबार १७:५९ मा प्रकाशित

नेपालगन्ज, असाेज ८ । प्लान नेपाल को साझेदारीमा बाँके युनेस्को क्लबको आयोजनामा सकारात्मक अभिभावकत्व र अंतरपुस्ता सम्बाद प्रसिक्षक् प्रसिक्षण बर्दियाको गुलरियामा सम्पन्न भएको छ |
बारबर्दिया मधुबन , ठाकुर बाबा र गेरुवा गाउँ पालिकाका १५ जना समुदाय सहजकर्ताको सहभागिता रहेको ८ दिने उक्क्त तालिममा सकारात्मक अभिभावकत्वका विभिन्न सीपहरु बारेमा सहजीकरण गरिएको बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकिले बताउनुभयो । तालिमका बिसयबस्तुहरुमा आफ्ना बालबालिकाका बारेमा आमा बुवाको सपना र आशा , उनीहरुको सपना साकार पार्न अभिभावकको भूमिका ,बाल बालिकामा देखिने भिभिन्नाता र प्रारम्भिक बाल बिकाश ,बालबालिका र सकारात्मक अनुशासन , बाल संरक्षण र बाल्दुर्ब्यबहर , बालबालिकाको तनाब ब्यबस्थापन बारे प्रसिक्षण दिईयको उहाँले बताउनुभयो ।
अंतरपुस्ता सम्बाद अन्तर्गत समुदायमा भयका विभिन्न समस्या तथा चुनौतीहरु जस्तै बाल बिवाह सामाजिक विभेद ,लैंगिक विभेद बालबालिकाका विरुद्ध हुने हिंसा लगायतका बिसयमा समुदाय स्तरमा कसरि सम्बाद चलाउने भन्ने बारे छलफल गरियको थियो |
अति बिपन्न , जोखिममा रहेका तथा प्रायोजित परिवारका अभिभावक , किसोरी क्लब साथै समुदाका अगुवाहरु लक्षित् गरि बाल बालिकाको समग्र बिकाश तथा समुदायमा रहेका विभिन्न हिंसा दुर्ब्यबहार बाल बिवाह लगायतका बिषयमा अभियान संचालन गर्नको लागि समुदाय सहजकर्तालाई यो तालिम प्रदान गरिएकाे क्लबका अध्यक्ष रवि तुलाधरले बताउनुभयो ।
तालिमको समापन समारोहमा बोल्दै सहभागी मोनिका थारुले तालिम असध्यै राम्रो भयको र सिकेका कुरा समुदायमा सिकाउने साथै यो अभियानमा निरन्तर लागि रहने कुरा बताउनुभयाे |
तालिमको समापन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका कार्यक्रम अधिकृत इश्वर बिकले सस्थाले बर्दिया जिल्लामा संचालन गरेका कार्यक्रमको प्रभावकारिता र तालिम पश्चात समुदाय स्तरमा रोलाउट गर्नका लागि अपनाउनु पर्ने बिधि प्रक्रियाका बारेमा जानकारी गराउदै सफलताको सुभकामना समेत ब्यक्त गर्नुभयाे |
बाल संरक्षण परियोजना अन्तर्गत सचालित तालिमको सहजीकरण इश्वर बिक ,जनक चौधरी , डम्मर परियार र संजिता रिजालले गर्नुभयको थियो |


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?