Logo

सतर्कता अपनाउन जिल्ला प्रशासन बाँकेको अनुरोध ।

Samachar Rekhanews २५ जेष्ठ २०८०, बिहीबार १८:२७ मा प्रकाशित

सरला सुबेदी बाँके ।जिल्ला प्रशासन कार्यलय बाँकेले तातो हावा तथा लू चल्ने हुदा जिल्लाबासिको स्वास्थलाई मध्यनजर गरि सार्वजनिक अपिल सहितको सूचना निकालेको छ।

जल तथा मौसम विज्ञान विभागबाट मिति २०८०/०२/२४ मा जारी सूचना अनुसार देशका तराई भू-भागहरुमा आगामी पाँच दिनसम्म तातो हावा तथा लू को सम्भावना यथावत देखिएकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउनुहुन बाँके जिल्लाबासीमा जिल्ला प्रशासन कार्यलय बाँकेले सहायक जिल्ला अधिकारी हरिप्रसाद शर्माद्वारा हस्ताक्षर गरिएको सार्वजनिक सूचना मार्फत अनुरोध गरेको हो

तातो हावा तथा लूबाट हुन सक्ने सम्भावित असरहरु थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुखे, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुन सक्ने भएकोले तातो हावा तथा लूबाट बच्नको लागि
बढी गर्मीको समयमा घरभित्र अर्थात चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी Expose नहुने), हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, नियमित ( पटक-पटक ) पानी तथा झोल पदार्थ ( जुस, सर्बत आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्य समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह / सुझाव लिने जस्ता सुझाब सहितको सूचना सार्वजनिक गरेको हो। बिगत एक हप्ता देखि अत्याधिक गर्मी सहित तातो हावा चल्न लागेपछि बाँके जिल्लाबासी प्रभावित भएका छन् भने कलेज स्कुलहरु समेत बन्द गरिएको छ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?