Logo

समाजसेवी व्यक्तित्व अजिज मलिकले गरे एफएसएस कार्यालयको उद्घाटन

Samachar Rekhanews २७ श्रावण २०७९, शुक्रबार २०:५० मा प्रकाशित

२७ श्रावण, नेपालगञ्ज । नेपालगञ्जका प्रसिद्ध समाजसेवी व्यक्तित्व अजिज मलिकबाट एफएसएस न्यूट्री इनफरमेशनल अल अबाउट हेल्थ कार्यालयको उद्घाटन गरिएको छ ।
शुक्रवार दिन नेपालगञ्ज–४ गणेशपुर रोडस्थित कार्यालयको उद्घाटन कार्यक्रममा प्रो. रिजनल म्यानेजर सिराजुद्दीन सल्मानी, एसएस एरिया सेल्स म्यानेजर शादाब अन्सारी, मार्केटि· म्यानेजर मो. फहद हलवाई लगायतको उपस्थिति रहेको थियो
एफएसएसले म.प. क्षेत्रको नेपालगञ्ज, दाङ, सुर्खेत र बर्दिया लगायतमा एफएसएसको विभिन्न प्रोडक्टहरु लाइकोविन, मिथाइल बाल्कोमिन, क्याल्सियम भिटामिन ए, भिटामिन बी, आइरनमा फेरसएसकोभेट, मल्टी भिटामिनहरु एन्टीअक्सिडेन्ट लगायतको आपूर्ति गर्ने लक्ष्य लिएको छ ।
हालका लागि एफएसएसले २० लाख रकम यसमा लगानी गरेको कुरा प्रो. रिजनल म्यानेजर सिराजुद्दीन सल्मानीले जानकारी गराएका छन् ।
एफएसएस अत्यन्त प्रसिद्धि पाएको कम्पनी रहेको छ । यसले अति कम समयमा यस क्षेत्रमा आफ्नो प्रभाव बढाउन सक्ने अनुमान रहेको छ । जसमा आवश्यकता अनुसार आगामी समयमा यसले आफ्नो लगानी बढाउने कुरा समेत उद्घाटन कार्यक्रमको समय जानकारी गराइएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?