Logo

समानता सहकारीमा बचत गरी राखेको पैसा अरुले निकाले

Samachar Rekhanews १२ जेष्ठ २०७९, बिहीबार १९:१३ मा प्रकाशित

नेपालगन्ज, १२ जेष्ठ – बाँके जिल्लाको हकमा कुरा गर्नुपर्दा यहाँ रहेका प्रायःजसो बचत तथा ऋण सहकारी संस्थाहरुले आफ्नो विश्वास आम सर्वसाधारण माझ गुमाएका छन् ।

केही वर्ष अगाडीदेखि एकपछि अर्को सहकारी बैंकहरुले आफ्नो विश्वास गुमाउँदै सर्वसाधारण जनताको मेहनतले कमाई गरी जमा गरेको पैसा लिएर भाग्ने गरेका तमाम प्रमाणहरु रहेको पाईन्छ । चाहे बाँके बचत तथा ऋण सहकारी संस्था लि., सहकारी वित्तिय विकास संस्था लिमिटेड, शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लि., श्री बालाजी गोल्ड इन्भेष्टमेन्ट, फ्युचर बचत तथा ऋण सहकारी संस्था लि. लगायतले करोडौ करोड गोलमाल गरी आजको मितिमा समेत कतिपय सहकारी कर्मचारीहरुले मुद्दा खेपी रहेका छन् भने कतिपय धरौटी राखी बाहिर रहेको प्रमाण पाईन्छ ।

यसैबीच सर्वसाधारण माझ थोरै भएपनि विश्वास जमाउन सफल समानता बचत तथा ऋण सहकारी संस्था लि.मा समेत एउटा घटना घटेको छ । आम सर्वसाधारणले जमा गरेको पैसा अरुले कसरी निकाल्न सक्छ भन्ने प्रश्न उठेको पाईन्छ ।

नेपालगन्ज उपमहानगरपालिका वडा नं. २० बस्ने सन्ध्या शर्मा, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ भवानीबाग बस्ने आराध्या चौबे र सोही स्थान बस्ने आशरा चौबेको नाममा जमा रहेको पैसा उनलाई जानकारी नदिई प्रशान्तकुमार चौबेले निकालेको तथ्य सार्वजनिक भएको छ ।

कानुनी रुपमा केही समय अगाडी श्रीमान÷श्रीमति बीच छुटापत्र भईसकेको हुँदा कुन आधारमा पैसा प्रशान्तकुमार चौबेले निकाले भन्ने प्रश्न सन्ध्या शर्माको रहेको छ । बैंकले मेरो र मेरो छोरीहरुको ३ वर्षे बाल शैक्षिक बचतमा रहेको पैसा कसरी दिए ।
यस बारे समानता सहकारीका कर्मचारीहरुको भनाई पनि प्रष्ट भएको पाईदैन । बैंकलाई कसैको पारिवारिक वादविवाद भन्दा कानुनतः चाहिएको डाकुमेन्टको आधारमा पैसा दिनु पर्ने हो । जब कि बैंकका एकजना शेयर होल्डरका अनुसार उनको पारिवारिक विवाद भएको हुँदा यस्तो भएको हो । उनको श्रीमान प्रशान्तकुमार चौबेले निवेदन दिएर पैसा निकालेको तथा ३–४ दिन मै पुनः खातामा पैसा जमा गरिएको हुँदा सम्बन्धित खाताधारीले कुनै पनि समयमा पैसा निकाल्न पाउने छन् भनी जानकारी दिए ।

यसबारे थप जानकारीकाे लागि समानता सहकारीका म्यानेजर धिरजकुमार दाससँग कुरा गर्दा उनले गाेलमटाेल कुरा राख्नुका साथै आउनुस आफिस मै बसी कुरा गराै भनेपछि सत्यमखबर टीम आफिस पुगेकाे थियाे । तर आफिस पुग्दा रिसेप्सनमा बसेकी आरती सुनारले प्रतीक्षा गर्नु पर्छ सर व्यस्त छन भनी जवाफ आएकाे हुँदा समेत पैसाकाे लेनदेन रहस्यमय रहेकाे बुझिन्छ । यसमा समानता म्यानेजरकाे पुर्णरूपमा मिलेमताे भएकाे पाईन्छ । किनभने कुनै पनि बैंकमा कागत प्रमुख हाे, पैसा निकाल्द सम्पुर्ण प्रकृया पूरा नगरेसम्म निकाल्न मिल्दैन भने एउटा निवेदन कै आधारमा २९ हजार ८ सय रकम प्रशान्तकुमार चाैबेले कसरी निकाले भन्ने प्रश्न उठेकाे छ ?

यति मात्र कहाँ हाे शेयर हाेल्डरले समेत पैसा निकालेर जमा भईसकेकाे भनेका छन् । जबकि खाताधारी सन्ध्या शर्मा समानता सहकारीमा जाँदा उनलाई शुरू मै खाता बन्द भईसकेकाे उनकै कर्मचारीले भनेकाे शर्मा बताउँछिन ।


लोकप्रिय समाचार
ताजा समाचार
लोकप्रिय छुटाउनुभयो कि ?