Logo

सरंक्षित वन्यजन्तुको छाला र पित्तसहित तीनजना पक्राउ

Samachar Rekhanews २७ असार २०७८, आईतवार १४:४९ मा प्रकाशित

बाँके असार १७ गते ।
संरक्षित वन्यजन्तुको छाला र पित्तसहित नेपालगन्जबाट तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीका अनुसार, पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–४ दाङका ४९ वर्षीय भक्तबहादुर पुन, ४१ वर्षीय केशव पुन र शान्तिनगर गाउँपालिका–१ का २९ वर्षीय रोबिन बुढा रहेका छन् ।
उनीहरुबाट एउटा रेडपाण्डाको छाला र ४ वटा भालुको पित्त बरामद भएको छ ।

पुष्पलाल चोकमा रहेको राप्ती गेष्ट हाउस भित्र संरक्षित वन्यजन्तुका अंगको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङबाट खटिएको अनुसन्धान समुह र बाँके प्रहरीको टोलीले गएराती होटेलमा छापा मारेको थियो । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धानन भइरहेको पनि बाँके प्रहरीले जनाएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?