Logo

सरकारले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व हो डिआईजी :उपाध्याय

Samachar Rekhanews ८ पुष २०७९, शुक्रबार १६:४९ मा प्रकाशित

(सागर थापा)
दाङ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी नल प्रसाद उपाध्यायले शान्तिसुरक्षा कायम गर्न सरकारले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका छन् ।

क्राईमबिट्का पत्रकार सागर थापासंग कुरा गर्दै विकसित राजनीतिक घटनाक्रमसँगै आन्दोलन चकिएपछि प्रहरी ‘अलर्ट’ बनेको डिआइजी उपाध्यायले राज्यले दिएको जिम्मेवारी पुरा गर्ने प्रहरी संगठनको दायित्व भएको बताएका हुन् ।

अपराध अनुसन्धानदेखि नियन्त्रणसम्म प्रहरीको भूमिका महत्वपूर्ण हुने भन्दै उनले जनताको ज्यूधनको सुरक्षाका लागि प्रहरी आफ्नो जिम्मेवारीबाट कुनै हालतमा पछि नहट्ने डिआईजी उपाध्याय बताए ।

शान्ति सुरक्षा कायम गर्ने सवालमा कुनै पनि बहानामा सम्झौता नहुने भन्दै उपाध्यायले पछिल्लो मुलुकको परिस्थिति अनुसार सुरक्षालाइ चुस्तदुरुस्त राख्न मातहतका प्रहरी अधिकारीहरुलाई निर्देशन दिए । सुरक्षा कायम गर्न प्रहरीबाट कुनै कमजोरी हुन नहुने बताउँदै उनले नागरिक र प्रहरी मिलेमा नै शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सकिने बताए ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?