Logo

सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ छात्रालाई साईकल सहयोग

Samachar Rekhanews १९ श्रावण २०७८, मंगलवार २२:०२ मा प्रकाशित

१९ गते मगलवार
नेपालगन्ज – नेपालगञ्ज उप-महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई साईकल उपलब्ध गराएको छ ।

उप-महानगरपालिकाको सल्यानीबागस्थित कन्या माध्यामिक विद्यालयमा अध्ययनरत १७३ जना छात्राहरुलाई मंगलबार साईकल हस्तान्तरण गरेको हो ।

उप-महानगरपालिकाका मेयर डा. धवलशम्शेर राणा, उपमेयर उमा थापा मगर, शिक्षा महाशाखा प्रमुख गोर्खवहादुर थापा, कार्यपालिका सदस्य इन्दिरा शाही, शिक्षा विद किरण आचार्य, जिल्ला समन्वय समितिका सदस्य चेतवहादुर घर्ती लगायतले विद्यार्थीहरुको उपस्थितिमा साईकल हस्तान्तरण गरेका हुन ।

साईकल हस्तान्तरण गर्दै मेयर राणाले उपमहानगरपालिकाले छात्रा विद्यालय सञ्चालन गरेको र छात्रा कलेज सञ्चालनको अन्तिम तयारीमा लागेको जानकारी दिनु भयो ।

कन्या विद्यालय पछिल्लो समय नेपालगञ्ज उपमहानगरपालिकाले सञ्चालन गरिरहेको छ । गरिव तथा विपन्न समुदायका अधिकांश बालिकाहरु विद्यालयमा अध्ययनरत रहेको प्रधानाध्यापक किरण आचार्यले बताउनु भयो।

साईकल प्राप्त गरेपछि विद्यालय आवतजावतमा सहजता हुने अपेक्षा गरिएको उप-प्रमुख थापा मगरले जानकारी दिइन् । मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रम अन्तर्गत विपन्न छात्रहरुलाई साईकल वितरण गरिएको चेत बहादुर धर्तीले जानकारी दिनु भयो ।

नेपालगञ्ज उपमहानगरपालिकाले यसअघि १६८ जना महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई पनि साईकल सहयोग गरेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?