Logo

सशस्त्रले भारतबाट नेपाल प्रवेश गर्ने नेपालीको पुरानो मास्क झिक्दै नयाँ लगाउँदै

Samachar Rekhanews ५ जेष्ठ २०७८, बुधबार १५:३४ मा प्रकाशित

बाँके जेठ ५ गते । गुलाम हैदर हल्वाई
कोरोना भाइरसको संक्रमण बढिरहेको छ । भारत र नेपाल दुवै देशमा भाइरस संक्रमण अस्वभाविक ढंगबाट बढिरहेको छ । भारतमा रोजगारीको शिलशिलमा पुगेका नेपालीहरु त्यहाँको संक्रमण छल्न स्वदेश अर्थात नेपाल फर्किनेक्रम पनि जारी छ ।

नेपाल भारत सीमानाकामध्ये अहिले नेपाल सरकारले १३ वटामात्रै खुला गरेको छ। त्यसमध्येको जमुनाह नाका पनि एक हो । यही नाका भएर आउने नेपालीहरुलाई सशस्त्र प्रहरीको चेक पोष्ट जमुनाहले मास्क र सेनिटाइजर वितरणलाई तीब्रता दिएको छ । बैशाख २२ गतेदेखि हालसम्म १८ हजार मास्क र ४० लिटर सेनिटाइजर वितरण गरिएको सशस्त्र प्रहरीका जमुनाह पोष्टका प्रमुख जीवनलाल बुढाले जानकारी दिनुभयो ।

उहाँले भारतबाट नेपाल प्रवेश गर्नेहरुलाई नयाँ मास्क दिने गरिएको हो । सेनिटाइजर नभएकालाई सेनिटाइजर समेत दिने गरिएको छ । भाइरस संक्रमणको जोखिम कम होस् भन्ने उद्देश्यले यो अभियान थालिएको बुढाको भनाइ छ ।

यसअघि जमुनाह नाकामा कोभिड संक्रमितलाई राख्न अस्थायी आइसोलेसन बनाइएको थियो ।

कोरोना संक्रमितलाई बसाउन मिल्नेगरी अस्थायी आइसोलेसन तयार पारिएको थियो। यो नाकाबाट फर्किनेहरुमा १७५ जनामा भाइरस संक्रमण देखिएको छ । शंकास्पद व्यक्तिहरुमा गरिएको एन्टिजेन परीक्षणमा भाइरस देखिएको हो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?