Logo

सशस्त्र प्रहरीद्धारा भन्सार छलि २,२६,००० बराबर को विभिन्न ब्रान्ड का मोबाइलफोन बरामद।

Samachar Rekhanews १० कार्तिक २०७८, बुधबार १०:१३ मा प्रकाशित

बाँके कार्तिक १० गते ।
भारतबाट भन्सार छलि नेपाल भित्र्याउँदै गरेको मोवाइल नेपालगन्जको चौलिका चोकबाट बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नम्वर ३० गण हेडक्वाटर बागेश्वरीले २२६००० को मोवाइल र मोटरसाइकल सहित बरामद गरेको हो ।

सशस्त्र प्रहरी सहायक निरीक्षक नवराज मल्लको कमाण्डमा ७ जना खटिएको टोलीले चौलिका चोकबाट चेकजाँच गर्नेक्रममा भारतीय नम्वर प्लेटको युपि ४० क्यु ८६७२ नम्बरको मोटरसाइकल सहित विभिन्न ब्रान्डका मोवाइल बरामद गरेको हो ।

oppo. F. pro . Oppo .A 54, SAMSUNG. F 22 .ViVo मोबाईल र भारतीय नम्वर मोटरसाइकल दुई लाख २६ हजार मुल्य बराबर रहेको सशस्त्र प्रहरी उपरीक्षक अशोक कुमार बमले जानकारी दिनुभयो ।

बरामद गरिएको मोवाइल र मोटरसाइकल नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक बमले जानकारी दिनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?