Logo

सशस्त्र प्रहरीद्वारा भन्सार छली गरेको अवैध सामान बरामद

Samachar Rekhanews ३० श्रावण २०७८, शनिबार १३:२१ मा प्रकाशित

सशस्त्र प्रहरी बल नेपाल बि.ओ.पी.जमुनाहा बाँकेको टोलीले अवैध रुपमा ल्याएको सामान बरामद गरेको छ ।

सप्रनि जिबन लाल बुढाको कमाण्डमा खटिगएको मोबाइल गस्ती टोलीले ठुलो मात्रमा विशेष सूचनाको आधारमा नेपालगन्ज वडा नं १६ जैसपुर नजिकैबाट चोरी पैठारी गरी भारतबाट नेपाल ल्याउँदै गरेको लत्ताकपडा, जुत्ता र पाल बरामद गरेको हो ।

जसमा प्लास्टिक खाले जुत्ता १८३ जोर, प्लास्टिक पाल २० पीस, पाईन्ट २० पीस मोजा १ दर्जन र साल २ पीस बरामद गरेको छ । करीब २ लाख ५५ हजार २ सय मुल्य बराबरको बरामद गरेको समान आवश्यक कारबाहीको लागि नेपालगन्ज भन्सार कार्यालयमा बुझाएको वि. ओ. पि. जमुनाहाका सुचना अधिकृत सप्रनानी सई योगेन्द्र बहादुर शाहीले जानकारी दिनु भयो ।


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?