
( जाबेद गद्दी )
गुलरिया कात्तिक ३० गते
गुलरिया सशस्त्र प्रहरीले बर्दियाको सीमावर्ती इलाकाबाट २ लाख ७५ हजार बढीका अबैध काठ¸ भैसी तथा किराना सामान बरामद गरेको छ। विभिन्न नाकाहरुबाट लुकाई छिपाई सीमा नाकामा ओसार-पोसार गर्दै गरेको दुई लाख पचहत्तर हजार बराबरको पाडा सहितको २ गोटा भैसी¸ आलु¸ हरियो खुर्सानी¸ १५ क्यु.फिट काठ पक्राउ गरेको छ। बरामद गरेको अबैध भैसी र अन्य सामान आवश्यक करवाहीका लगि गुलरियाको ( राजापुर ) छोटी भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरीका उपरीक्षक नर वहादुर रावतले जानकारी दिनु भयाे। नेपाल सरकारले सिमा नाकामा सशस्त्र प्रहरी बलका बि.ओ.पि.हरुको थप बिस्तार गरे संगै सीमा सुरक्षा मजबुत भई सीमा वारपार हुने अबैध चोरी तस्करीजन्य कार्यहरु समेत नियन्त्रण हुदै गएको सशस्त्र प्रहरी बल नेपाल नं. ३१ गण हे.क्वा.बर्दियाले जनाएको छ।
लोकप्रिय समाचार