Logo

सामुदायिक वन महासंघ दाङको घुम्ति बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न

Samachar Rekhanews ३ असार २०८०, आईतवार १५:२८ मा प्रकाशित

३ असार, ईमिलिया । सामुदायिक वन महासंघ नेपाल जिल्ला कार्य समिति दाङको ईमिलीयामा आयोजित घुम्ती बैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।
जिल्ला कार्य समिति दाङका अध्यक्ष हरि प्रसाद भुसालको अध्यक्षतामा बसेको बैठकले वन समुहले सुशासनका लागि गर्नुपर्ने नियमित कामलाई तदारुकताका साथ समयमै सम्पन्न गर्न अनुरोध गर्दै स्थानिय वन महासंघका अध्यक्ष मार्फत प्रस्तुत गरिएको पछिल्लो अवस्थालाई मध्यनजर गर्दै वन समुहका काम, कर्तव्य र अधिकारको पुर्ण रुपले पालना गराउन लागि पर्ने निर्णय गरेको छ ।
बैठकमा पूर्व अध्यक्षहरुलाई सल्लाहकारको रुपमा मनोनित गर्दै जिल्ला सदस्य तथा प्रबक्ता समेत चयन गरिएको छ ।
लमही नगरपालिका अन्तर्गत पश्चिमको अमिलिया वन समुहको कार्यालयमा बसेको घुम्ति बैठकले वन समुहलाई महासंघमा आबद्ध रहन नविकरण्को लागि अनुरोध गरेको छ । वर्षाको समय आउन लागेकोले धेरै भन्दा धेरै बोट विरुवा रोपण गर्न वन समुहलाई आब्हान गर्दै वन समुहहरुको कार्ययोजना नविकरणमा सहयोगका लागि डिभिजन वन कार्यालयहरुलाई अनुरोध गरिएको छ ।
बैठकले वन महासंघको विभिन्न तहमा भएको अधिवेशनमा दाङको तर्फवाट निर्वाचित पदाधिकारीहरुलाई बधाई ज्ञापन गर्दै वन बातावरण संरक्षणको क्षेत्रमा लागि पर्न सबैमा अनुरोध गरिएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?