Logo

सिडियो कुरुनबाङको नेतृत्वमा जोखीम सडकको तत्काल मर्मतका लागि अनुगमन

Samachar Rekhanews ३१ श्रावण २०७८, आईतवार २३:२५ मा प्रकाशित

(सागर थापा)
दाङ । राप्ती क्षेत्रको मुख्य सडकको पछिल्लो अवस्थाको वारेमा स्थलगत अनुगमन गरिएको छ । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिको आग्रहमा प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन प्रमुख सहितको टोलीद्धारा भालुवाङ देखी सिंगे क्षेत्रको सडक बाटोको अवस्थाको अनुगमन गर्नुभएको हो ।

महेन्द्र राजमार्ग अन्तरगत भालुवाङ देखी सिंगे क्षेत्रको सडक वर्षा संगै खाल्टा खुल्टी पर्दा दुर्घटनाको जोखीम बढ्दै गएकोले मर्मतका लागि अनुगमन गरिएको हो ।
अनुगमन पश्चात राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदि, प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङ तथा सडक डिभिजन कार्यालय दाङका कार्यालय प्रमुख निरज शाक्य विच विग्रीएको सडक तत्काल मर्मत सुरु गर्ने योजना निर्माण गरिएको छ ।

सडकको अवस्था अनुगमनको क्रममा उपाध्यक्ष जगदम्वा कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजाल, वडा नं १ का वडा अध्यक्ष तारा डिसी लगायतको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?