Logo

सिडियो र एसपीलाई गृहमन्त्रीको कडा निर्देशन

Samachar Rekhanews २ चैत्र २०८०, शुक्रबार ००:३८ मा प्रकाशित

काठमाडौं चैत १ गते ।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले देशभरका प्रमुख जिल्ला अधिकारी र प्रहरीका जिल्ला इन्चार्जहरूलाई भर्चुअल संशोधन गरेका छन् ।

गृह मन्त्रालयबाट जिल्ला सुरक्षा समितिका अधिकारीहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री लामिछानेले ‘९० दिनमा कायापलट’ गर्न निर्देशन दिएका हुन् ।कम्तीमा ३ महिनामा कायापलट हुनुपर्ने उल्लेख गर्दै लामिछानेले भने,‘तस्कर र गुण्डा तपाइले चिन्नुभएकै छ, मैले चिनाउनु पर्दैन ।’राजस्व छल्ने र तस्करी गर्नेलाई नियन्त्रण गरी कानुन अनुसार कारबाही गर्न आफूलाई सोध्नु नपर्ने लामिछानेले बताए ।

विमानस्थलमा खादा र माला लिएर नआउनुस् निर्देशन दिँदै लामिछानेले भनेका छन्,‘राम्रो काम गर्नेलाई खोज्न म आफैँ आउँछु ट्याक्सी लिएर ।’सरुवा र बढुवामा सोर्स–फोर्स नलगाउन उनले प्रहरी र गृह प्रशासनका निजामती कर्मचारीहरूलाई आग्रह गरेका छन् ।

भर्चुअल बैठकमा सहभागी गृह मन्त्रालयका एकजना अधिकृतले लामिछानेको भनाई उद्धृत गर्दै भने,‘सोर्स फोर्स लगाउन खोजे तपाईँहरूलाई घाटा हुन्छ ।’


लोकप्रिय समाचार
ताजा समाचार
May 2024
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
लोकप्रिय छुटाउनुभयो कि ?