Logo

सिनियर अनमी निरीक्षक प्रेमकुमारी बिसीलाई नगदसहित सम्मान

Samachar Rekhanews ५ श्रावण २०७९, बिहीबार २३:४१ मा प्रकाशित

५ श्रावण, नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका १३ नं. वडा समितिको कार्यालयले वडास्थित स्वास्थ्य चौकीमा कार्यरत एक सिनियर अनमी निरीक्षकलाई सम्मान गरेको छ ।
वडा नं. १३ को उदयपुर स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी निरीक्षक प्रेमकुमारी बिसीलाई नगदसहित दोसल्ला ओढाई सम्मान गरिएको हो ।
उदयपुर स्वास्थ्य चौकीमा रहेका कर्मचारीमध्ये सबैभन्दा उत्कृष्ट काम गरेको मूल्यांकनका आधारमा सम्मान गरिएको हो ।
वडा कार्यालयले यसरी कर्मचारीलाई सम्मान गर्ने प्रचलनका कारण वडा अन्तर्गतका विभिन्न निकायमा काम गर्ने कर्मचारीमा हौसला बढ्नुका साथै जिम्मेवारीबोध तर्फ अझै इमान्दारीताका साथ नागरिकको सेवामा लाग्न उत्प्रेरणा समेत मिलेको सम्मानित विसीले बताउनुभएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?