Logo

सिमा क्षेत्रलाई अपराधलाई निस्तेज पार्न सिमा क्षेत्रमा निग्रानी बढाइने महानिरीक्षक अर्याल

Samachar Rekhanews ८ भाद्र २०८०, शुक्रबार १४:२८ मा प्रकाशित

सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्यालले सिमा हुने विभिन्न खाले अपराधलाई नियन्त्रण गर्न सिमा सुरक्षालाई थप मजुबत बनाइने बताएका छन्।

सिमा क्षेत्रलाई प्रयोग गरी हुने विभिन्न खाले अपराधलाई निस्तेज पार्न सिमा क्षेत्रमा निग्रानी बढाइने उनले बताए। सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यबासिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तको छैठौँ स्थापना दिवसलाई सम्बोधन गर्दै महानिरीक्षक आर्यालले सो कुरा बताएका हुन्।

चितवन नवलपरासी हुदै कपिलवस्तु आएका उनले मातहतका निकायलाई सिमानाका सुरक्षा चुस्तदुरुस्त राख्न निर्देशन समेत दिए। ‘सिमानाकामा हुने अपराधिक गतिविधिलाई निर्मुल बनाई शान्ति सुरक्षा कायम गर्नु हाम्रो प्रमुख कर्तव्य हो, यस तर्फ हामी सचेत  छौ’ उनले भने। प्रदेशभर खटिएका सबै सशस्त्र प्रहरीलाई सिमा सुरक्षा र विपद व्यवस्थानमा अनुशासन भई प्रस्तुत हुन उनले निर्देशन दिए।

उनले भारतमा लखेटेर पठाइने छाडा चौपायाको समते निग्रानी बढाई तिनीहरुलाई समते सिमा रोक्न समेत निर्देशन दिएका थिए। प्युठानको स्वर्गद्धारी र अर्घाखाचीको सुपादेउराली मन्दिरमा आउने भक्तजनहरुलाई अनावश्यक दुःख समेत नदिन आग्रह गरे। समाजमा आम नागरिकको पक्षमा सशस्त्र प्रहरी हरपल हरदम उभिएको उनले दाबी गरे। उनले सिमा क्षेत्रमा रहेको पिलरहरुको अवस्था समेत बुझेर आवश्यक मर्मत संभारको समेत काम गर्ने बताए।

सो अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ विन्ध्यबासिनी मुख्यालय रुपन्देही चन्द्रौटा कपिलवस्तुका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक अभि कुमार खत्रीले सिमानाकाको शान्ति सुरक्षा र अपराध नियन्त्रणको लागि एपिएफ अहोरात्र खटिदै आएको बताए। उनले सिनामा हुने हरेक किसिमको अपराधिक गतिविधीलाई अन्त्य गरी सशस्त्र प्रहरी अघि बढेको बताए । कार्यक्रममा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य, शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा लगायतको सहभागिता रहेको थियो। ई साझा न्युज


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?