Logo

सुखि नेपाली र समृद्ध नेपालको सपना एमालेले मात्र पुरा गर्न सक्छ- अध्यक्ष ओली

Samachar Rekhanews ६ आश्विन २०७८, बुधबार १९:२७ मा प्रकाशित

सिराज खान
नेपालगञ्ज, असाेज ६ गते। नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सुखि नेपाली र समृद्ध नेपालको सपना एमालेले मात्र पुरा गर्न सक्ने बताउनुभएको छ।

नेपालगञ्जमा बुधबार दिउँसो आयोजना गरिएको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पुर्व प्रधानमन्त्री ओलीले सुखि नेपाली र समृद्ध नेपालको सपना पूरा हुन नदिने हरुले जालझेल गरेर सरकार बाट हटाएपनि अर्को निर्वाचनमा बहुमत ल्याएर सपना पूरा गर्ने दाबी गर्नुभयो।

अहिले पनि एमाले सबै भन्दा ठूलो दल भएको जनाउँदै उहाँले सत्ताको लागि मात्र बनाईएको अपवित्र गठबन्धन धेरै दिन न टिक्ने बताउनुभयो।
सरकार बनेको दुई महिना बिताउँदा पनि मन्त्रीमण्डल विस्तार गर्न नसक्ने सरकारले जनतालाई केही पनि दिन नसक्ने ठोकुवा गर्नुभयो।

उहाँले माधव नेपाल र प्रचण्ड को हैसियत आगामी निर्वाचनमा थाहा हुने बताउदै त्यस पछि उहाँहरुलाई बत्ती बालेर खाेज्नु पर्ने बताउनुभयो।
याे सरकारले बनाउन केहि नजानेको आरोप लगाउँदै अध्यक्ष ओलीले बिगतमा तयार पारेका आधार हरुलाई भत्काउँदै मात्र गएको बताउनुभयो।

देउवा सरकारले शुरुमै छिमेकी लगायत बिभिन्न देशहरुसँग सम्बन्ध बिगारिसकेकाे आरोप पनि ओलीले लगाउनु भयो ।
साे कार्यक्रममा लुम्बिनी प्रदेश का पुर्व मुख्यमन्त्री शंकर पोखरेलले पनि बाेल्नुभएकाे थियो।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?