Logo

सुदुरपश्चिम ११ लाई हराउँदै गोर्खा व्वाईज १–० ले विजयी

Samachar Rekhanews १६ कार्तिक २०८०, बिहीबार २०:३२ मा प्रकाशित

१६ कार्तिक, नेपालगञ्ज । ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ प्रतियोगिता बिहीवार भएको खेलमा सुदरपश्चिम—११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले १—० ले पराजित गर्दै विजयी भएको छ ।
बाँकेको कोहलपुर—२ तेह विगाहमा बुधबारदेखि निरन्तरसञ्चालन भएकोे प्रतियोगितामा सुदरपश्चिम ११ धनगढीलाई गोर्खा व्वाईज स्पोर्ट क्लब बुटवलले १—० ले पराजित गर्दै विजयी भएको हो ।
खेल सुरु भएको पाँच मिनेटमा दुई पटक कर्नर पाएको गोर्खा व्वाइजले खेल सुरु भएको ४५ औं मिनेटमा जर्सी नम्बर ७ का खेलाडी शक्ति राईले गोल हानेका थिए ।
दिउसो ३ः २० बजेबाट सुरु भएको खेलमा सुदुरपश्चिम ११ लाई गोर्खा व्वाइजले निकै दवाव दिइरहेको थियो भने उक्त क्लबका जर्सी नम्बर १४ का सहदेव केसीले म्यान अफ द म्याच घोषित समेत भएको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिएका छन् ।
शुक्रबार सेमिफाइनलका लागि चर्च व्वाईज यूनाईटेड र गोर्खा व्वाईज खेल हुने खेल संयोजक मल्लले जानकारी दिनुभएको छ । उहाँका अनुसार खेल ३ बजेबाट सुरु हुने जानकारी दिए ।
प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टोलीको सहभागिता रहेको छ ।
प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार फुटबल अवलोकनका लागि अस्थायी प्यारापिट र पर्खाल निर्माण गरिएको छ । खेल अवलोकन गर्ने दर्शकका लागि आयोजकले यसपटक भने टिकट ब्यवस्था गरिएको छ । ‘मुख्यमन्त्री कोहलपुर गोल्ड कप २०८०’ का मुख्य प्रयोजक नेपाल टेलिकम दुरसञ्चार रहेको छ भने मिडिया पाट्नर ‘द काठमाण्डांै पोष्ट’ र कोहलपुर टुडे डटकम रहेको छ । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ । बिहीवार ८ सय ५० बढि दर्शकले फुटबल प्रतियोगिता अवलोकन गरेका थिए ।

सुदुरपश्चिम ११ लाई हराउँदै गोर्खा व्वाईज १–० ले विजयी

लोकप्रिय समाचार
ताजा समाचार
June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
लोकप्रिय छुटाउनुभयो कि ?