Logo

सुदूरपश्चिम बजेट खर्चमा ३९ प्रतिशत मात्र प्रगति

Samachar Rekhanews ८ असार २०७८, मंगलवार ११:२२ मा प्रकाशित

फाइल तस्वीर
धनगढी असार ८ गते ।
सुदूरपश्चिम प्रदेश सरकारको ११ महिने मन्त्रालयगत बजेट खर्चमा ३९ प्रतिशत मात्र प्रगति भएको पाइएको छ । आर्थिक वर्ष सकिनै लाग्दा सुदूरपश्चिम प्रदेश सरकारको विकास बजेट खर्चको अवस्था निराशाजनक रहेको देखिएको हो ।

चालु आर्थिक वर्षको जेठसम्मको प्रगति विवरणअनुसार हालसम्म ७ वटै मन्त्रालयले कुल बजेटको ३९ प्रतिशत रकम मात्र खर्च गरेका छन् ।

प्रदेश लेखा नियन्त्रण कार्यालयका लेखा अधिकृत यज्ञराज पाण्डेयले गत आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा चालु आर्थिक वर्षमा चालुतर्फ ४ प्रतिशत र पुँजिगततर्फ ९ प्रतिशतले बढी खर्च भएको बताउनुभयो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता प्रेम दत्त भट्टले कोरोना प्रभाव र निर्णयमा ढिलाई हुँदा सोचे जति बजेट खर्च हुन नसकेको बताउनुभयो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?