Logo

सुरक्षित इन्टरनेटको लागि हातेमालो” शीर्षकमा आयोजित भिडियो प्रतियोगितामा लुम्बिनी प्रदेशबाट जिवनज्योती स्कुल अग्रस्थानमा।

Samachar Rekhanews १३ असार २०८०, बुधबार २२:४९ मा प्रकाशित

सरला सुबेदी बाँके।नेपाल दुरसचार प्राधिकरणबाट सुरक्षित इन्टरनेट दिवस, २०२३ (Safer Internet Day, 2023) मनाउने सन्दर्भमा सुरक्षित इन्टरनेटको लागि हातेमालो” शीर्षकमा आयोजित भिडियो प्रतियोगिताको नतिजा प्रकाशित गरेको छ। प्राबिधिकरणले नेपालका सातवटै प्रदेशका १२ वर्ष देखि १८ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीहरूबाट प्राप्त हुन आएका भिडियोहरुको प्राधिकरणवाट मूल्याङ्कन भई प्रत्येक प्रदेशबाट छनौटमा परेका प्रथम, द्वितीय र तृतीय हुने सहभागिहरु / समूहहरुको नाम आज सार्वजनिक गरेको हो।

“सुरक्षित इन्टरनेटको लागि हातेमालो” शीर्षकमा आयोजित विद्यालय स्तरीय भिडियो प्रतियोगितामा लुम्बिनी प्रदेशबाट प्रथम , द्वितीय र तृतिय गरि तिनवटै स्थान हासिल गर्न जीवन ज्योती स्कुल सफल भएको छ।
कोहलपुर नगरपालिका वडा नबर १० रामनगरमा अवस्थित जीवन ज्योती स्कुल का छात्रा प्रीन्सी हमाल प्रथम द्वितीय सृद्दी गौतम र तृतीय सुस्मा सापकोटा भएका छन् ।

स्कुल सन्चाल भएको एक दशकमै जीवन ज्योती स्कुलले शैक्षिक क्षेत्रमा मात्र नभएर खेलकुद लगायत अतिरिक्त क्रियाकलापमा समेत अब्बल भैइ समग्र जिल्ला र प्रदेशमै कोहलपुरको पहिचानलाई अग्रस्थानमा राख्न सफल भएको छ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?