
सरला सुबेदी/कार्तिक २८
कोहलपुर । बाँके क्षेत्र नम्बर १ मा नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्य ढकाल र प्रदेश सभा सदस्य दुर्गा प्रसाद चौधरीको घरदैलो र चुनावी रणनीति सामु प्रतिस्पर्धीको घरदैलो फिक्का सावित भएको स्थानिय मतदाता दाबी गर्छन ।
ढकाल र चौधरी लगायत समानुपातिक तर्फका उम्मेदवार बसन्ती अधिकारी र निर्मला सुनार जहा पुग्छन् त्यहा मतदाताको भिड लाग्छ । नयाँ अनुहार भएकोले स्थानीयको व्यापक सर्मथन पाएका छन् । कहिले मजदुरहरुको भेला गर्छन र त्यहाका समस्या टिपेर समाधानको प्रतिबद्धता जनाउछन् । कहिले मुक्त कमैयाको बस्तीमा पुगेर त्यहाको बस्तीलाई नमुना बनाउने प्रतिवद्धता जनाउछन् ।
एमालेका उम्मेदवार जहा जहा मतदाता भेट्न पुगेका छन् त्यहा त्यहाकाका मतदाताले सुनाउने प्रतिवद्धता नोट गरेर राखेका छन् । उनी भन्छन्–‘यसरी नोट गरेर राखेका विषयमा नै पछि समाधानको उपाय खोजिने छ ।’
स्थानिय भन्छन एक पटक नयाँ अनुहारलाई मतदान गरेर जिताउनुछ पुरानोलाई भोट हालेर जितायौ फर्केर नि आउनु भएन भनेर धन्यवाद दिन्छौ भने। यस्तै मतदाता सामु मत माग्न जादा उम्मेदवार ढकालले एक पटक मनको मतलाई बिश्वास गरेर हामिलाई दिनुस यदि हामिले मतको कदर गरेनौ भने जहाँ भेट्नुहुन्छ त्यही थप्पड हान्नुहोला भन्दै मुसुक्क मुस्कुराउदै मतदाता सामु उभिन्छ्न।
एमालेका उम्मेदवारको घरदैलोमा मतदाताको व्यापक उपस्थिती छ । घरदैलोमा समृद्ध क्षेत्र बनाउनका लागि एमाले उम्मेदवाहरु लाई मतदान गर्न अपिल गरिएको छ ।