Logo

सेतोखरी मिडिया प्रालिको पहिलो वार्षिकत्सव अनलाइन खोजखबरका अध्यक्ष अन्सारी पुरस्कृत

Samachar Rekhanews १२ जेष्ठ २०७८, बुधबार १७:०० मा प्रकाशित

बाँके जेठ १२ गते ।
सेतोखरी मिडिया प्रालिले आफ्नो स्थापनाको पहिलो वार्षिकत्सव भव्य रुपमा मनाएको छ । प्रालिले यस अवसरमा हरेक बर्ष एक जना सक्किय पत्रकारलाई पुरस्कृत गर्ने गरि सेतोखरी कमलसुमन खोज पत्रकारिता पुरस्कार २००७८ समेत स्थापना गरेको छ ।

प्रालिका अध्यक्ष तथा प्रधानसम्पादक कमल न्यौपानेका अनुसार प्रालिले हरेक बर्ष स्थानिय तहमा हुने गरेका बिकृति, विसंगति सुशासन लगायतका क्षेत्रमा खोजमुलक समाचार लेख्ने लुम्बिनी तथा कर्णाली प्रदेशका एक पत्रकारलाई पुरस्कृत गरिने छ ।

जसमा पहिलो पटक लुम्बिनी प्रदेशको बाँकेका जावेद अन्सारीलाई पुरस्कृत गरिएको छ । पश्चिम नेपालको मोफसलमा सन्चारगृहले पुरस्कार स्थापना गरि पत्रकारलाई आफ्नै संस्था मार्फत प्रदान गरिएको यो पहिलो हो ।

यश किसिमको कामले युवा पत्रकारमा खोज पत्रकारिताप्रती रुचि बढाउनुका साथै टोल, समाज गाउँ र जपल्लामा सुशासन कायममा कलम अघि बढने सेतोखरी मिडिया अन्तगत इसेतोखरी अनलाइनका सम्पादक सुमन शर्माले बताउनुभयो ।

अनलाइन खोजखबरका पुरस्कृत पत्रकार अन्सारीले सेतोखरी मिडियाको पुरस्कारले आफुमा खोज पत्रकारिता गर्ने थप उर्जा मिलेको बताउनुभयो । पुरस्कृत कार्यक्रममा सेतोखरी मिडिया प्रालिको सन्चालक समितिका पदाधिकारी, अनलाइन पत्रकार सङ्घ बाँकेका सचिव रामु ओलि लगायतका दर्जन बढि पत्रकार तथा शुभचिन्तक को सहभागीता थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?