Logo

स्थानीय तह निर्वाचनको लागी नेकपा एमालेबाट जानकी गाउँपालिकाको अध्यक्षमा हिमान्शु सिफारिस

Samachar Rekhanews १० बैशाख २०७९, शनिबार १५:२८ मा प्रकाशित

नेपालगन्ज : स्थानीय तह निर्वाचनको लागी नेकपा एमालेबाट जानकी गाउँपालिकाको अध्यक्षमा सिफारिस भए संगै युवा नेता हिमान्शु यादव जानकीका टोलटोलमा भेटघाटमा पुगेका छन् ।

स्थानीयको चासो र सरोकारका मुद्दा, जनताले चाहेको बिकास र अपेक्षा के छन् भनेर टोलटोलमा पुगेका हुन् ।

म जितेर आएको खण्डमा पनि जनताकै सेवा गर्ने हो र जताको इच्छा र चाहना अनुसार नै पालिकाको बिकास कार्यमा काम गर्ने हो त्यसैले पनि जनताको समस्या के छन् बुझ्दै टोलटोलमा पुग्दै छु, एमाले उमेदवार यादवले बताए ।

नेकपा एमालेको बिरासत जोगाउन पार्टीले जानकी गाउँपालिकाको टिकट युवा नेता हिमान्शु यादवलाई दिने निर्णय गरेको छ । सो निर्णय संगै जानकिको टोलटोलमा पुग्दै स्थानीय संग भलाकुसारी गर्दै आएका यादवले स्थानीयको अथाह माया र साथ प्राप्त गरेका छन् ।

यस अगाडि पनि यादवको बुवा स्वर्गीय राम निवास यादवलाई पालिकाबासीले जिताएर पालिका अध्यक्ष बनाएका थिए ।

स्वर्गीय यादवले पालिकाबासीको हरेक दुख सुखमा सधै साथ दिदै आएको स्मरण गर्दै स्थानीयले हामिलाई स्वर्गीय यादवको अभाव महसुस हुन हिमान्शुले नदिएको बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?