काठमाडौ – माघ २४, गते
सरकारले स्थानीय तहको निर्वाचन आगामी बैशाख ३० गते गर्ने निर्णय गरेको छ ।
आज सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने निर्णय भएको गृह मन्त्रालयले जनाएको हो ।
यसअघि निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि जेठ ४ गते चुनाव गर्न सिफारिस गरेको थियो ।
स्थानीय तहको निर्वाचन ऐन अनुसार हाल कायम रहेका स्थानीय जनप्रतिनिधिको कार्यकाल ५ जेठ २०७९ मा सकिनेछ ।
लोकप्रिय समाचार