Logo

स्याङ्जाका लोक विक्रम मल्ल युवा उधमशिलता विकास तथा प्रशिक्षण समन्वय समितीको सदस्यमा मनोनीत

Samachar Rekhanews ११ श्रावण २०७८, सोमबार १३:४४ मा प्रकाशित

अमित भट्ट/काठमाडौ : नेपाली कांग्रेस तरुण विभागको निर्णय अनुसार युवा उधमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको केन्द्रिय सदस्यमा स्याङ्जा जिल्ला का लोक विक्रम मल्ल नियुक्त भएका छन ।

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्व मन्त्री एबम तरुण विभाग प्रमुख शंकर भण्डारीको हातबाट मल्ललाई जिम्मेवारी पत्रचार गरिएको हो ।

नेपाली कांग्रेस पार्टी, केन्द्रीय तरुण बिभाग साथै समग्रमा लोकतन्त्रप्रति आस्था राख्ने युवा-तरुणलाइ समन्वय गरी गतिशील बनाउन महत्वपुर्ण योगदान रहने बिस्वास गरिएको मनोनयन पत्रमा उल्लेख गरिएको छ ।

युवाहरुको पछिल्लो समय तरुणमा निकै नै आकर्षकता बढदै गएको भण्डारी बताउछन ।

को हुन त लोक विक्रम मल्ल ?

सानैदेखि नेपाली काङ्ग्रेस तथा तरुणमा आस्था राख्ने मल्ल लामो समय देखी रंगिन दुनियाँमा छन । उनले फिल्मी क्षेत्रमा करिव नौ वर्ष लामो संघर्ष गरेका छन । फिल्मी क्षेत्रमा बिगत 9 बर्ष देखि काम गरिरहेका उनि कलाकार र फिल्म बितरक को काम गर्दछन ।

समाजमा अरु भन्दा पृथक उचाइ बनाउन सफल लोकले यो कोभिडको समयमा निशुल्क भोजन अभियानको नेतृत्व गर्दै दुखी असहाय र पिडामा पिल्सिएका हरेक नागरिकलाई निशुल्क खाना देखि लिएर लत्ता कपडा समेत व्यवस्था गरेका थिए ।

उनको टिम देशमा आईलागेको विपद महामारिमा पछि नहटेर सेवामा अनवरत रुपमा लागि परिरहयो ।

एबी इन्टरनेशनल ( फिल्म बनाउने संस्था ) को ब्यानरले सिन्धुपाल्चोक देखि लिएर विभिन्न जिल्लामा आएको विपदमा आफु सक्दो सहयोग गरेको थियो । लोक विक्रम मल्लकै नेतृत्वमा असिम युथ कल्बले केही महिना अघि मात्र उच्च राषी बराबरको भलिबल खेल पनि आयोजना गरेको थियो । उनले नेपाली जन सम्पर्क समिति बहराइन को सह- महामन्त्रि , नेपालि कल्बको खेलकुद सचिब र आघिखोला स्याङजा को सचिब भएर काम गरेका थिए ।

यी र यस्ता कयौ सामाजिक तथा व्यवसायीक काममा जोडिएका छन लोक । तरुण विभागको युवा उधमशीलता बिकाश तथा प्रशिक्षण समन्वय समितिको सदस्यमा मनोनीत भए सङै उनले युवाको हक हितमा आफुले अझै केही गर्ने थप हिम्मत र हौसला प्राप्त भएको बताएका छन ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?