Logo

हात्तीपाइले आमऔषधी सेवन अभियानकालागि डुडुवामा रणनीति तयार

Samachar Rekhanews १४ फाल्गुन २०७८, शनिबार २२:३९ मा प्रकाशित

नेपालगञ्ज÷राष्ट्रिय हात्तीपाइले रोगनिवारण कार्यक्रमआमऔषधी सेवनअभियान यस वर्ष पनि शुरु भएको छ ।
अभियान सफल बनाउनका लागि डुडुवा गाउँपालिकाले शनिबार पालिकास्तरिय योजना तर्जुमा गोष्ठी गरेको छ ।
कार्यक्रममा यस वर्ष डुडुवामा शतप्रतिशत मानिसलाई औषधी सेवन गराउन समुदायमा सचेतना, गाउँका अगुवाहरुको उपस्थित, जनशक्ति परिचालन, औषधी खुवाउने समयको निर्धारण, अनुगमन लगायतका बुंदालाई समाबेश गरि विशेष रणनिति निर्माण गरिएको हो ।
औषधी सेवन कार्यक्रमलाई सफल बनाउन निर्माण गरिएको रणनिति अनुसार कार्य योजनालाई कार्यन्वयनगरिने गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढाले बताउनु भयो । उहाँका अनुसार डुडुवामा यही फागुन २८ गतेदेखि अभियान संचालनगर्न लागिएको हो ।
एक हप्तासम्म संचालनगरिने अभियानमा ६५ जना स्वास्थ्यकर्मी, ५९ जनामहिला स्वास्थ्य स्वयम्सेविकालाई परिचालन गरिने छ । यस वर्ष उचाईका आधारमा औषधी खुवाइनेछ । यस वर्ष आइभर मेट्रिन नामक औषधी थपिएको छ । ग्रामिण क्षेत्रमा अशिक्षाका कारण अधिकांश नागरिकले औषधी सेवननगरेका कारण लक्ष्य हासिल गर्न नसकिएको
हो । यस वर्ष औषधी सेवनकालागि जनप्रतिनिधी, दलका प्रतिनिधी, समुदायका अगुवा, लगायतले विशेष भुमिका खेल्ने जोड दिइएको छ ।
कार्यक्रममा गा.पा.उपाध्यक्ष शाहिदा बानो, वडाध्यक्षहरु पटेश्वर कुर्मी, परशुराम बुढाथोकी, कार्यपालिका सदस्य लिलावति यादव, सुष्मा यादव, ढोडे पासी, स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन दुर्गा गौतम, गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, शिक्षक, स्वास्थ्य चौकी इन्चार्ज लगायतको सहभागिता रहेको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?