Logo

हिमान्शु यादवबाट सिक्नुपर्ने संस्कार– प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद लिए

Samachar Rekhanews २३ बैशाख २०७९, शुक्रबार १६:३६ मा प्रकाशित

नेपालगन्ज ः नेताहरुले एकअर्का बिरुद्ध गर्ने तुच्छ व्यवहारबाट नेपाली राजनीति आलोचित छ । गाली मात्र होइन निर्वाचनको बेला त भौतिक आक्रमणमै उत्रिने तहसम्मको व्यवहार हुन्छ । यही कारणले समाजमा परिवार परिवार, छिमेकी छिमेकीबीच  झगडा हुन्छ ।

तर बाँकेको जानकी गाउँपालिकामा नेकपा एमालेको तर्फबाट अध्यक्ष पदका उम्मेदवार हिमान्शु यादव अपवाद देखिए । शुक्रवार घरदैलो अभियान गरिरहेका यादवले प्रतिस्पर्धीका बुवालाई ढोगेर आर्शिवाद दिए । त्यो दृश्य देख्ने जोकोहीले यादवल राजनीतिमा अनुशासनको पाठ सिकाएको भन्दै प्रशंसा गरे ।

जसपाको उम्मेदवार राजवी कुर्मीका बुवा प्रेम कुर्मीलाई उनले ढोगेका थिए । नेकपा एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले यादवले देखाएको राजनीतिक अनुशासन उदाहरणीय भएको बताए । उनले भने–‘यो राजनीतिक संस्कार नेपालमा अभाव हुँदै गएको छ । हिमान्शु उदाहरण बने ।’


लोकप्रिय समाचार
ताजा समाचार
June 2024
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
लोकप्रिय छुटाउनुभयो कि ?