Logo

१०औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइयो

Samachar Rekhanews १७ पुष २०७९, आईतवार १८:४६ मा प्रकाशित

१७ पौष, नेपालगञ्ज । विभिन्न कार्यक्रमको आयोजना गरि आइतवार देशभर १०औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ ।
‘मौलिकता, सम्पदा, धरोहरको संरक्षण, राष्ट्रिय पोशाक, झण्डा स्वाभिमानको पहिचान’ भन्ने नारासहित १०औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो ।
आइतबार अंग्रेजी नयाँ वर्षको दिनमा काठमाडौंसहित देशभरका विभिन्न स्थानमा राष्ट्रिय पहिचान झल्किने कार्यक्रमसहित राष्ट्रिय पोशाकहरु लगाएर १०औं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको हो । सो अवसरमा काठमाडौंका विभिन्न स्थानमा ¥यालीसमेत गरिएको छ । उनीहरुले राष्ट्रिय पोशाक लोप हुने अवस्थामा पुगेको भन्दै त्यसको संरक्षण र संवद्र्धनका लागि दिवस मनाउनु परेको बताए ।
यता नेपालगञ्जमा पनि नेपालगञ्ज साइक्लिङ क्लबको आयोजनामा राष्ट्रिय पोसाक तथा ढाका टोपी दिवस मनाइएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका कार्यालयको गेटबाट साइकल यात्रा सुरु गरि विपी चोक, धम्बोजी चोक, सेतु बिक चोक, न्युरोड, त्रिवेणी मोड, त्रिभुवन चोक, चारबाहिनी, गणेशमान चोक हुँदै उपमहानगरपालिका कार्यालयको गेटसम्म साइकल यात्रा गर्दै मनाइएको क्लबका अध्यक्ष सतिश निरौलाले जानकारी दिए ।
नेपालगञ्ज मेडिकल कलेजका एमडी डाक्टर सुरेशकुमार कनोडियाको प्रमुख आतिथ्यतामा सम्पन्न साइकल यात्रामा सहभागी सबै साइकलेहरुले ढाका टोपी लाएर साइक्लिङ गर्दै नगर परिक्रमा गरेका थिए ।
उक्त कार्यक्रममा प्रमुख अतिथी डा. कनोडियाले क्लबले गर्ने गरेका नियमित गतिविधि र विशेष कार्यक्रम आयोजना गरेकोमा क्लबलाई धन्यवाद दिँदै साइक्लिङ मानव स्वास्थ्यका लागी अनित नै महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा सहभागी सबैलाई नेपालगञ्ज घरबारीटोलमा रहेको पाल्पाली ढाका टोपी पसलको तर्फबाट एकएक थान ढाकाटोपी उपहार प्रदान गरिएको क्लबका सचिव प्रदीप सापकोटाले जानकारी दिए ।
पाल्पाली ढाकाटोपी पसलका सञ्चालक बिष्णु कँडेलले नेपाल र नेपालीको पहिचानका रूपमा रहेको ढाकाटोपीलाई प्रवद्र्धन गर्न क्लबले आयोजना गरेको ढाकाटोपी दिवसको साइकल यात्राले महत्वपूर्ण भुमिका खेलेकोमा खुशी व्यक्त गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
October 2023
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
लोकप्रिय छुटाउनुभयो कि ?