Logo

१२० बिद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

Samachar Rekhanews २८ पुष २०७९, बिहीबार १६:२९ मा प्रकाशित

नेपालगञ्ज, पुस २८ । कतार च्यारिटी नेपालको सहयोगमा बाँकेमा सञ्चालित सामाजिक संरक्षण परियोजना अन्तर्गत बाँके युनेस्को क्लबले गरिब, विपन्न र अनाथ बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरेको छ ।
क्लबले नेपालगञ्जमा एक कार्यक्रमको आयोजना गरेर नगरका विभिन्न विद्यालय र मदरसामा अध्ययनरत अनाथ, अति विपन्न र गरिब परिवारका १२० जना बालबालिकालाई स्कुल व्यागसहितको शैक्षिक सामाग्री, तयारी पोशाक, जुत्ता र मोजा वितरण गरेको हो ।
क्लबका कोषाध्यक्ष फिरदौस जहाँ खानको अध्यक्षतामा आयोजना गरिएको सो शैक्षिक सामाग्री वितरण समारोहको प्रमुख अतिथि नेपालगञ्ज उपमहानगर शिक्षा महाशाखा प्रमुख गोरख बहादुर थापा रहनु भएको थियो ।
प्रमुख अतिथि थापा लगायत उपमहानगरको महिला तथा बालबालिका महाशाखा प्रमुख शोभा शाह, कतार च्यारिटीका डेपुटी डायरेक्टर ईर्शाद शेष, बाँके युनेस्को क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी, ईस्लामी संघका लुम्बिनी प्रदेश अध्यक्ष ओबेदुर रहमान खान, कतार च्यारिटिका कार्यक्रम संयोजक जाहिद खान र क्लबका कोषाध्यक्ष फिरदोस जहाँ खान लगायतले बालबालिकालाई शैक्षिक सामाग्री, तयारी पोशाक र मोजा वितरण गर्नुभयो ।
सो अवसरमा बोल्दै शिक्षा महाशाखा प्रमुख गोरख बहादुर थापाले विपन्न र अनाथ बालबालिकाको शिक्षाका लागि गरिएको यो सहयोग अतिनै महत्पवुर्ण रहेकोले निरन्तरताका लागि आग्रह गर्नुभयो ।
कतार च्यारिटीका डेपुटी डायरेक्टर ईर्शाद शेषले विभिन्न विद्यालयमा अध्ययनरत अनाथ र विपन्न बालबालिकालाई कतार च्यारिटिले छात्रबृत्ति लगायत विभिन्न सहयोग गर्दै आएको जनाउँदै अहिले आवश्यकता अनुसार यो शैक्षिक सामाग्रीसंगै तयारी पोशाक र मोजा वितरण गरिएको बताउनुभयो ।
सो अवसरमा बाँके युनेस्को क्लबका वित्तिय प्रमुख वेद पंगाली, कार्यक्रम संयोजक गुलाम गौस लगायतको पनि उपस्थिति रहेको थियो ।
१२० जना बालबालिकालाई वितरण गरिएको शैक्षिक सामाग्रीमा हरेकलाई एक थान स्कुल व्याग, एक दर्जन कपी, एक दर्जन पेन्सिल, एक डिब्बा कलर, एक जोर जुत्ता, एक जोर मोजा र सिलाईएको एक जोर विद्यालय पोशाक रहेको थियो ।
शैक्षिक सामाग्री पाएपछि अधिकांश बालबालिकाले खुशी हुँदै अब पढाईमा झन सहयोग पुग्ने र पढाईमा मन लाग्ने प्रतिक्रिया दिएका थिए । कतार च्यारिटी नेपालले बाँकेमा विभिन्न प्रकारका आय आर्जन र शिक्षाका लागि बाँके युनेस्को क्लब मार्फत सहयोग गर्दै आएको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?