
साहिल शेष
दोगडाकेदार / १४ माघ, शुक्रबार
दोगडाकेदार । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नं ४ मा जंगली जनावरको आतंक नियन्त्रणका लागि स्थानीयले ज्ञापन पत्र बुझाएका छन् ।
श्री दोगडाकेदारका स्थानीयहरुले जंगली जनावरको आतंकका कारण खेतमा लगाइएने सबै अन्नबाली नष्ट गरिने भएको हुँदा आफुहरुलाई खेतीकिसानी गर्ने वातावरण बनाउन माँग गरेका छन् ।
जंगली जनवारबाट लामो समयदेखि पिडित बनेका स्थानीयहरुले संघर्ष समिति निर्माण गरेर आफुहरुलाई खेती गर्ने वातावरण बनाईदिन माँग गरेका छन् । संघर्ष समितिले ज्ञापन पत्र बुझाउँदै “या त रासन दे सरकार, या त जंगली जनावर भगाऊ सरकारको” नारासहित वडा अध्यक्षसंग गुहार माँगेका हुन ।
सरकारले कृषि योग्य जमिन खेतवारी बाँझो छाड्न नपाउने व्यवस्था गरेको भएपनि बिगत १७ वर्षदेखि यहाँका स्थानीयहरु जंगली जनावरका कारण खेतीपाती गर्न पाएका छैन्न ।
लंगुर, बाँदर, बदेलका कारण खेतीपाती, फलफुल, भुई घाँस, डाले घाँस र तरकारी समेत बिनास गरी जनजीवन असहज गरी जीवन सुरक्षामा असर पर्न गएको हुँदा दोगडाकेदार ४ मा जनावरको व्यवस्थापन गरिदिन अध्यक्षसमक्ष माँग गरेका हुन ।
उनीहरुले १५ दिनभित्र जनावरहरुको व्यवस्थापन नभएमा आन्दोलनका कार्यक्रमहरु अगाडी बढाउने तयारी समेत गरेका छन् । उनीहरुले वडा कार्यालयमा तालाबन्दी गर्ने, सतबाँझ र दार्चुला सडक खण्ड बन्द गर्ने, जिल्ला प्रशासन कार्यालयमा धर्नासहितका आन्दोलन गर्ने चेतवानी समेत दिएका छन् ।