Logo

२१औ स्थापना दिवससङ्गै संचारिका समुह बाँकेद्वारा क्यालेण्डर विमोचन।

Samachar Rekhanews २९ चैत्र २०७९, बुधबार २३:०५ मा प्रकाशित

सरला सुबेदी चैत्र २९,
बाँके । “लैङ्गिक मुद्दाहरुलाई मुल प्रवाहमा ल्याउ, मिडियामा महिला पत्रकारहरुको प्रतिनिधित्व बढाऔ” भन्दै सन्चारिका समुह नेपाल बाँके शाखाले बुधबार २१ औ स्थापना दिवससङ्गै क्यालेन्डर बिमोचन गरेको छ।पछिल्लो समय बाँके जिल्लामा पुरुष पत्रकारको तुलनामा महिला पत्रकारहरुको सहभागिता न्यून रहेको हुँदा महिला पत्रकारलाई सक्रिय बनाउन पछिल्लो समय सन्चारिका समूहले विभिन्न कार्यक्रम र तालिम सन्चालन गर्दै आएको छ। पत्रकारितामा पुरुष पत्रकारको हावी हुँदा पहिले देखि अहिले सम्म महिलाको क्षमता तथा व्यावसायिकतामा प्रश्न उठने गरेको सरोकारवालाहरुले बताएका छन् । सञ्चारिका समुह नेपाल बाँके शाखाले २१ औ स्थापना दिवशको अवसरमा आयोजना गरेको नयाँ बर्षको शुभकामना आदन–प्रदान तथा क्यालेन्डर बिमोचन कार्यक्रममा सरोकारवालाहरुले यस्तो बताएका हुन् । अडिक आत्मबल भएका केही महिला पत्रकारले पुरुषप्रधान पत्रकारिता छिचोल्न सफल भएतापनि अझँपनि बाँकेमा महिला पत्रकारको प्रतिनिधित्व न्युन रहेको उनीहरुले औल्याएका छन् । पारिवारिक ,सामाजिक, सांस्कृतिक बन्धनले बाधिने भएकोले बाँकेमा महिला पत्रकारको प्रतिनिधित्व न्युन देखिएको कार्यक्रमका प्रमुख अतिथी तथा कोहलपुर नगरपालिकाको कार्यबाहक नगरप्रमुख संगिता सुवेदीले बताउनुभएको छ । पारिवारिक ,सामाजिक, सांस्कृतिक बन्धनबाट उम्कन सफल महिला पत्रकारको प्रतिनिधित्व स्वाभाविक रूपमा थोरै हुने भएकोले आगामी दिनमा महिला पत्रकारलाई अगाडि लैजान आफुले गर्न सक्ने सहयोगमा कहि कतै नचुक्ने बताउनु भएको छ।

पत्रकारितामा महिला पत्रकार जतिसुकै क्षमतावान भएतापनि महिलाको क्षमता तथा व्यावसायिकतामा सधै प्रश्न उठने चलन चल्तिले महिला पत्रकार पलायन हुदै गएको उहाँको भनाई रहेको छ । महिला पत्रकारलाई व्यवसायीक ढंगले पत्रकारिता क्षेत्रमा टिकाउन स्थानीय सरकारको महत्वपुर्ण भुमिका रहेको बताउदै उहाँले कोहलपुर नगरपालिकाको सधै साथ सहयोग रहने प्रतिबद्धता जाहेर गर्नुभयो । पत्रकारिता ऐना जस्तो छर्लङ्ग राज्यलाई झकझकाउने भएकोले संख्यात्मक भन्दा गुणात्मक बिकास भए राज्यलाई सकरात्मक दिशामा लैजाने उहाँले बताउनुभयो । उहाले नगरभित्रका महिलाहरुलाई सबैकुरामा अब्बल बनाउन नगरपालिकाले उद्घोषण तालिम सन्चालन गर्न लागेको जानकारी गराउदै धेरै जना महिला पत्रकार लेख्न एकदमै सक्षम तर मासमा गएर बोल्न अझै पनि आफुलाई असहज मानेको ठान्दै उहाँले उद्घोषण तालिममा महिला पत्रकारलाई सहभागी हुन आग्रह समेत गर्नुभएको छ।
यस्तै कार्यक्रमका बिशिस्ट अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईंले पहिलेको तुलनामा अहिले महिला पत्रकारहरु धेरै सक्रिय रहेको र सन्चारिका समुहले महिला पत्रकारहरुलाई अझ बढी सक्रिय बनाउन सहयोग गरेको बताउदै पुरुषप्रधान पत्रकारितालाई उछिनेर महिला पत्रकार स्वयंम आफैमा सक्रिय र अग्रसर हुनुपर्ने बताउदै बाँके जिल्लाका महिला पत्रकारहरुलाई मात्र नभएर लुम्बिनी प्रदेश भरीका महिलाहरुलाई सक्रिय र उनिहरुको क्षमता र नेतृत्व बिकासका लागि पत्रकार महासंघ लुम्बिनी प्रदेशको सदैब सकारात्मक र महत्वपूर्ण भुमिका रहेको र आगामी दिनमा नि कहिकतै नचुक्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

यस्तै सन्चारिका समुह बाँकेकि सस्थापक अक्षरी पोख्रेलले २०५८ सालदेखी आफुले जन्माएको सस्थाले आज यसरी कार्यक्रम गर्न सफल भएको निकै खुसी भएको बताउनु भयो।
उहाँले पत्रकारिताबाट धेरै अनुभव बटुल्दै धेरै महिला पत्रकारहरु घरपरिवारमा रुमलिदा समय दिन नसक्दा पत्रकारीताबाट बिट मारेको बताउदै आगामी दिनमा महिला पत्रकारलाई पत्रकारीतामा टिकाई राख्न स्थानिय तह अनि सरोकारवाला निकायले पनि महिला पत्रकारहरुलाई फेलोसिप दिने जस्ता कार्यक्रम ल्याई बजेट बिनियोजन गर्न आग्रह समेत गर्नु भयो।
उहाँले आफुले सन्चारिका समुहलाई दुई दशक सम्म ल्याईपुर्याउदा भोगेका दुख सुखका अनुभव र भोगाई सुनाउनु भएको थियो।

यस्तै नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्माले संचारिका समुह नेपाल बाँके शाखाले गरेका गतिबिधीको प्रशंसा गर्दै संचारिका समुहले महिला पत्रकारको उत्पादनसंगै क्षमता अभिबृद्धीमा पनि निरन्तरता दिन सुझाब दिनुभयो ।
अबका दिनहरुमा पत्रकार महासंघको नेतृत्वमा महिला पत्रकारको अझँ बढी प्रतिनिधीत्व हुनुपर्ने उहाँले बताउनुभयो ।
यस्तै कार्यक्रमको अध्यक्षता गर्नुभएको सन्चारिका समूह बाँके शाखाकी कार्यबाहक अध्यक्ष सरला सुबेदीले नयाँ बर्षको शुभकामना व्यक्त गर्दै पहिलो पटक स्थापना दिवस मनाउन पाउँदा खुसी भएको व्यक्त गर्दै अग्रज दिदिहरुले जन्माएको सस्था को सरक्षण आफुहरुले गर्नु पर्ने दायित्व रहेको हुदा आफू भन्दा पछि आउने नेतृत्वले नि सन्चारिकाको इतिहासलाई नभुलोस भन्दै स्थापना दिवस मनाएको बताउनु भएको छ। उहाँले आफुहरु निर्वाचित भएर आएको एक बर्षमा विभिन्न कार्यक्रम गर्दै आएको र अब अर्को बर्ष स्थापना दिवस मनाउदा महिला पत्रकारलाई प्रोत्साहन गर्नको लागि सन्चारिका समूह बाँके शाखाले कृयाशिल सन्चारिका पुरस्कार समेतको व्यवस्था गर्ने योजना रहेको बताउनु भएको छ।

यस्तै कार्यक्रममा कोहलपुर नगर कार्यपालिका समाजिक बिकास संयोजक ईश्वरी प्रसाद बिश्वकर्मा, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिब शिब सुनार, प्रेस चौतारी लुम्बिनी प्रदेशका उपाध्यक्ष तथा संचारिका समुह लुम्बिनी प्रदेशका सदस्य लक्ष्मी तिमिल्सिना, सामुदायिक रेडीयो प्रसारक संघका केन्द्रिय सदस्य हेमन्त बि.क, कोहलपुर नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष बिरेन्द्र कुमार शाह वडा नं ९ का अध्यक्ष ओपेन्द्रनाथ योगी, प्रेस चौतारी बाँकेका उपाध्यक्ष बिनोद भट्टराई, प्रेस सेन्टर कोहलपुरका अध्यक्ष पुक्ष्पराज हमाल, एनटिभी कोहलपुरका प्रमुख बिजय बर्मा, राष्ट्रिय दलित पत्रकार संघ बाँकेका अध्यक्ष कबिन्द्र परियार, लगायतले स्थापना दिवसको शुभकामना सहितको मन्तब्य ब्यक्त गर्नुभएको थियो भने स्वागत मन्तव्य सन्चारिका समुहकि कोषाध्यक्ष धना केसिले र कार्यक्रम सन्चालन महासचिव पबित्रा परियारले गर्नुभएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार
December 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
लोकप्रिय छुटाउनुभयो कि ?