Logo

३ लाख बराबरको भन्सार छलीको अवैध सामान वडा प्रहरी कार्यालयको टोलीद्वारा बरामद

Samachar Rekhanews १७ फाल्गुन २०७८, मंगलवार २२:४४ मा प्रकाशित

नेपालगञ्ज÷भारतबाट भन्सार छली भित्र्याइएको पर्दा तथा चम्चा वडा प्रहरी कार्यालयको टोलीले बरामद गरेको छ ।
बेवारिसे अबस्थामा रहेको ढोका र झ्यालमा लगाउने ३२० थान पर्दा तथा १ हजार ८ सय थान स्टीलको चम्चा नेपालगन्ज उपमहानगरपालिका–१२ बेलासपुरबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।

भारतबाट भन्सार छली भित्र्याइएको सो पर्दा र चम्चा वडा प्रहरी कार्यालयको टोलीले मंगलवार बेलुका साढे ५ बजे बरामद गरेको वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिएका छन् ।

पर्दासंगै प्रहरीले १ हजार ८ सय थान स्टिलको चम्चा समेत बरामद गरेको छ । बरामद गरिएको सामानको मुल्य करिब ३ लाख बराबर रहेको इन्चार्ज खड्काले बताए ।
प्रहरीलाई देखेपछि तस्करहरुले मोटरसाइकलबाट पर्दा र चम्चा फालेर भागेको प्रहरीले जनाएको छ ।

बरामद गरिएको सामान थप कारबाहीका लागि नेपालगन्ज भन्सारलाई बुझाइने वडा प्रहरी कार्यालयका इन्चार्ज प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिए ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?