Logo

४३ ग्राम ब्राउन सुगरसहित जमुनाह नाकाबाट दुई जना पक्राउ

Samachar Rekhanews २७ असार २०८०, बुधबार २०:३४ मा प्रकाशित

नेपालगन्जको जमुनाह नाकाबाट लागु औषध ब्राउन सुगरसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत रुपैडिहा बस्ने बर्ष १९ को जुनेद राई र मोटरसाईकल पछाडी सवार ऐ.ऐ. बस्ने बर्ष १९ को सलमान अलि रहेका छन ।

भारतको रुपैडिया बाट नेपालगन्ज तर्फ भरतीया नम्बर UP32MP6189 को मोटरसाईकल आईरहेको अवस्थामा जमुनाह प्रहरीले शंका लागेर चेकजाँच गरेको थियो ।

लागू औषध व्यूरोको टोली र जमुनाह प्रहरीको टोलीले आवश्यक चेकजाँच गर्दा जुनेद राईले लगाएको पाईन्टको बाया खल्ती भित्र लुकाई ल्याई राखेको अवस्थमा ४३ ग्राम ब्राउन सुगर फेला परेको जमुनाह प्रहरी ले जनाएको छ ।

पक्राउ परेका दुई जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेमा अनुसन्धानका लागि लगिएको प्रहरीले जनाएको छ ।

४३ ग्राम ब्राउन सुगरसहित जमुनाह नाकाबाट दुई जना पक्राउ

लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?