१० माघ, नेपालगञ्ज । नेपालगञ्जमा मंगलवार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ ।
सुदूरपश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएका कारण नेपालगञ्जमा पनि भूकम्पको धक्का महसुस गरिएको हो ।
बाजुराको मौला आसपास केन्द्रबिन्दु भएर दिउँसो २ बजेर ४३ मिनेटको समयमा ५ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का नेपालगञ्ज लगायत पोखरा, भैरहवाका साथै भारतको राजधानी दिल्लीमा समेत महसुस भएको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का बढी महसुस गरिएको
छ । भूकम्प गएपछि त्यहाँका मानिसहरु घर बाहिर निस्केका थिए ।
लोकप्रिय समाचार