Logo

६९औं प्रहरी दिवस–२०८१ भव्यताका साथ मनाइयो

Samachar Rekhanews ३० आश्विन २०८१, बुधबार १९:५१ मा प्रकाशित

३० असोज, नेपालगञ्ज । ६९औं प्रहरी दिवस–२०८१ जिल्ला प्रहरी कार्यालय बाँकेमा भव्यताका साथ बुधवार मनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको प्रमुख आतिथ्यता तथा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको विशिष्ट आतिथ्यतामा प्रहरी दिवस मनाइएको हो ।
सो अवसरमा पुर्व प्रहरी, अशक्त अवकाश प्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा संचारकर्मी, नागरिक समाज, जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख, नेपाली सेनाका सेनानी, शसस्त्र प्रहरी बलका स.प्र.उ. बिमल डाँगी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख ओम बहादुर खड्का, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारी लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो ।
उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्र.ना.उ. आयुश प्रसाद जोशीले प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त शुभकामना सन्देश वाचन गरेका थिए ।
सो कार्यक्रममा पुर्व प्रहरी कर्मचारीको तर्फबाट पुर्व प्रहरी नायव उपरीक्षक शशिधर अधिकारी, अमर प्रहरी परिवारको तर्फबाट श्रीमती एकमाया बिश्वकर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
उक्त अवसरमा अमर प्रहरी स्मारकमा प्रमुख अतिथिबाट पुष्पहार अर्पण गरिएपछि उपस्थित सम्पूर्णले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए ।
उक्त कार्यक्रममा जेष्ठ पुर्व प्रहरीलाई सम्मान स्वरुप प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकबाट प्राप्त कदर पत्र तथा दोसल्ला ओढाई प्रमुख अतिथिले सम्मान गरेका थिए । साथै ६९औं प्रहरी दिवस–२०८१ को अवसरमा बिभिन्न बिधामा संचालन गरिएको ब्याडमिन्टन, टेबल टेनिस र कुर्सी दौड प्रतियोगिता संचालन गरिएकोमा खेलकुदमा प्रथम, द्वितीय हुनेलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्र.जि.अ. खगेन्द्र प्रसाद रिजालले नेपाल प्रहरीको गर्विलो ईतिहास र जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने बिश्वास समेत ब्यक्त गरेका थिए ।
कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी बिर तथा अमर प्रहरीले देखाएको मार्गमा सधै अडिग भएर लाग्ने र जनअपेक्षा पुरा गर्नका लागी सदैव तत्पर रहेको बताए । प्रहरी निरीक्षक हिमराज बि.क.ले सञ्चालन गरेको उक्त कार्यक्रम समापन पश्चात दिवा खाना तथा प्रहरी पुनर्मिलन कार्यक्रम गरिएको थियो ।


लोकप्रिय समाचार
ताजा समाचार

लोकप्रिय छुटाउनुभयो कि ?