Logo

ट्रकले ठक्कर दिँदा नेपालगञ्ज निवासी केसीको मृत्यु

Samachar Rekhanews ६ माघ २०७८, बिहीबार २१:३२ मा प्रकाशित

कोहलपुरको हवल्दारपुरमा रहेको एक धर्मकाँटामा कार्यरत कर्मचारीको ट्रकले ठक्कर दिँदा मृत्यु भएको छ ।
नेपालगञ्ज ७ निवासी त्रिलोक केसी ( टिटु )लाई ट्रकले ठक्कर दिँदा उनको घटना स्थलमै मृत्यु भएको थियो ।
बुधबार राती करिब १० बजेको समयमा नेपालगन्जबाट कोहलपुरतर्फ आइरहेको ट्रकले किच्दा धर्मकाँटामा कारर्यत त्रिलोक केसीको ट्रकले ज्यान गएको हो ।
त्यहाँ रहेको धर्मकाँटामा कार्यरत उनलाई ट्रक रोक्न खोज्दा ठक्कर दिएको कोहलपुर प्रहरीले अनुमान गरेको छ ।
ईलाका प्रहरी कार्यालय कोहलपुरका अनुसार केसीलाई भे १ क १९९९ नम्बरको ट्रकले ठक्कर दिएको थियो । फरार रहेको ट्रक र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । धर्मकाँटा भेरी ट्रक र नेपालगन्ज ट्रक व्यवसायी प्रालिले सञ्चालन गरिरहेका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?