Logo

ढल व्यवस्थापन गर्न नाला चौडाईको टेन्डर आवहान

Samachar Rekhanews ९ जेष्ठ २०८०, मंगलवार २३:३३ मा प्रकाशित

९ जेठ, नेपालगञ्ज । नेपालगञ्जको सुर्खेतरोडस्थित ठुलो नालाको पुल करिब ८–१० मिटर रहेपनि निकास मात्र ३ मिटर चौडाइ भएकाले पानी थुनिएर समस्या भएपछि त्यसलाई चौडा बनाउनका लागि टेण्डर आवहान भएको छ ।
सडक डिभिजन कार्यालय नेपालगञ्जले उक्त नालाको चौडाई पुनः निर्माणका लागि सोमबार टेण्डर आवहान गरेको सडक डिभिजन कार्यालयका प्रमुख निरज शाक्यले बताएका छन् ।
नालाबाट पानी बग्ने मुहानलाई चौडा बनाएपछि वर्षाको समयमा नेपालगञ्ज शहर डुब्ने समस्याको अब अन्त्य हुनेछ । बाँकेका सांसद लक्ष्मी तिवारीको विशेष पहलमा उक्त निर्माणको कार्य यसै आर्थिक वर्षमा हुने प्रमुख शाक्यले बताए ।
वर्षौदेखिको उक्त समस्याका बारेमा नेपालगञ्ज सेतुबिक चोकस्थित होटल व्यवसायी गोपाल गिरीलगायतका स्थानीयले पटक पटक नेपालगञ्ज उपमहानगरपालिका, सडक डिभिजन लगायतसंग आग्रह गर्दा समेत कुनै सुनवाई नभएपछि सांसद तिवारीले यो सवाललाई संघिय सरकारसमक्ष दबाब दिएपछि निर्माणको कार्य अघि बढेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिीधसभा सदस्य तिवारीले नेपालगञ्ज सुर्खेतरोड सडक खण्डअन्तर्गत जिल्ला शिक्षा इकाई कार्यालय नजिक रहेको मुख्य नालाको निकासको चौडाईको अभावमा पानी थुनिएकाले पुलको चौडाई बढाएर निकास फराकिलो बनाउनका लागि सम्वन्धित सरोकारवालासंग पुगेर पहल गर्दा काम हुने निश्चित भएको भन्दै खुशी व्यक्त गरिन् ।
संसाद तिवारीले भनिन्, ‘नेपालगञ्ज शहरको मुख्य समस्या ढल निकास र डुबानलाई दिर्घकालिन समाधान गर्नुपर्दछ, त्यसका लागि मेरो पहल पहिलो भयो ।’ स्थानीयको समस्या लिएर सांसद तिवारीले सडक डिभिजन कार्यालय, क्षेत्रीय सडक डिभिजन, नेपाल सरकार अर्थ मन्त्रालय, भौतिक पुर्वाधार मन्त्रालयसम्म धाएर नाला पुलको चौडाई बढाउनका लागि लाग्ने लागत स्टिमेट रु तीस लाख बजेट व्यवस्थापन गराएकी हुन् ।
सांसद तिवारीले यो समस्यालाई लिएर सडक डिभिजन कार्यालय नेपालगञ्ज प्रमुख निरज शाक्य, अर्थसचिव अर्जुनप्रसाद पोख्रेललगायतसंग भेटेर समस्या राख्दा तत्काल निमार्णको कार्य अघि बढाउने सहमती भएर अहिले टेण्डरको सूचना समेत प्रकाशन भएको सांसद तिवारीका निजी सल्लाहकार रविन्द्रकुमार ज्ञवालीले बताए ।
नेपालगञ्ज नगरभित्रका प्रायः करिब ८० प्रतिशत सडक तथा नालाहरु निमार्ण भईसकेको छ । तर नाला निर्माण भएपनि वर्षाको समयमा पानी परेर जम्मा हुने र प्रयाप्त पानीको निकास थुनिएपछि शहर डुबानमा पर्ने समस्या अब समाधान हुनेछ ।
सल्लाहकार ज्ञवालीका अनुसार सांसद तिवारीले यस क्षेत्रका विकास निर्माण तथा सार्वजनिक सरोकारको सवाललाई मुख्य प्राथमिकताका साथ उठाएर समाधानका लागि पहल गर्नेछन् भने ती सवालहरुलाई आफनो कार्ययोजनामा समेत समेटेकी छिन् ।
वर्षाको समयमा नेपालगञ्जमा केही बेर पानी परेपछि सेतुबिक चोक र घरबारीटोल, गणेशपुर, न्युरोडलगायतका स्थानहरु जलमग्न भई घरभित्र समेत पानी भर्ने समस्या रहेको स्थानीय बताउँछन् ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?