Logo

नेकपा एमाले कोहलपुरका विभिन्न वडामा आज शक्ति पर्दशन।

Samachar Rekhanews २७ बैशाख २०७९, मंगलवार २३:३३ मा प्रकाशित

सरला सुवेदी
कोहलपुर । नेकपा एमाले कोहलपुर निर्वाचन प्रचारप्रसार कमिटिले नगरभित्रका विभिन्न वडामा बृहत प्रर्दशन तथा घरदैलो कार्यक्रम गरेको छ ।
यही बैशाख ३० हुन गईरहेको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले प्रर्दशन गरेको हो ।

मङ्गलबार राती १२ बजेपछी मौन अबधी सुरु हुनेभए पछि चुनावी अभियानलाई तिब्रता दिन र्याली निकालिएको हो। र्याली पछि वडा नम्बर २,३,६,८,१२,१३,१४ र १५ मा कोणसभालाई सम्बोधन गर्दै एमाले प्रदेश कमिटी सदस्य बसन्ती अधिकारीले एमालेको बिजय भैइसकेको अब घोषणा गर्न बाँकी रहेको बताउदै यस अघिको निर्वाचनमा कोहलपुरमा बहुमतले जितेको र आगामी चुनावमा विजय प्राप्त गरेर बाँकी कामहरुलाई अगाडी बढाउनु पर्नेमा जोड दिइन ।
कार्यक्रममा बोल्दै मेयर पदका उम्मेदवार खिल प्रसाद भुषालले आफुले जितेपछि कोहलपुर नगरपालिकाका सम्पुर्ण वडाहरुमा विकास र परिर्वतनको लहर ल्याउने बताउदै पुन: एकपटक नेकपा एमालेलाई जिताउन आग्रह गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?