Logo

पहिलो खेलमा भुटानलाई हराउँदै नेपाल बिजयी

Samachar Rekhanews २१ भाद्र २०७९, मंगलवार २२:५४ मा प्रकाशित

२१ भाद्र, काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले काठमाण्डौंमा आयोजना गरिएको छैठौं महिला साफ च्याम्पियनसिप २०२२ को उद्घाटन गर्नुभएको छ ।
मंगलबारदेखी काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु भएको प्रतियोगिताको मन्त्री अथकले उद्घाटन गर्नुभएको हो ।
प्रतियोगिता उद्घाटनका लागि पूर्व निर्धारित समय (बेलुका ५ः३०) मा ठुलो वर्षा भएपनि मन्त्री अथकले निरन्तर वर्षाकै बिचमा प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । खेलाडी तथा अफिसीयलसँगै मैदानमा पुग्नुभएका मन्त्री अथकले वर्षाको प्रवाह नगरी झिज्दै प्रतियोगिताको उद्घाटन गर्दा दर्शकहरुले हुटिङ गरेर समर्थन जनाएका थिए ।
मन्त्री अथकले खेल रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिता उद्घाटन गरेसँगै मंगलबारदेखी प्रतियोगिता अन्तर्गतका खेलहरु खेलाउन सुरु गरिएको छ । जस अन्तर्गत प्रतियोगिताको उद्घाटन खेल नेपाल र भुटानबिच सम्पन्न भएको छ । उद्घाटन खेलमा आयोजक नेपालले भुटानलाई ४–० गोलले पराजित गरेको छ ।
नेपालका लागि सावित्रा भण्डारी र अनिता बस्नेतले समान २–२ गोल गर्नुभएको छ । सावित्राले खेलको १२औं र ६८औं मिनेट तथा अनिताले ५३औं र ८५औं मिनेटमा गोल गर्नुभएको थियो । पहिलो जितसँगै समूह “ए” मा रहेको नेपालले तीन अंक जोडेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?