Logo

बर्दियामा चरेससहित तीन जना प्रहरी को फन्दामा

Samachar Rekhanews १५ जेष्ठ २०७८, शनिबार १७:०६ मा प्रकाशित

बर्दिया जेठ १५ गते ।
इलाका प्रहरी कार्यालय मैनापोखरले लागू औषध चरेस सहित ३ जनालाई पक्राउ गरेको छ ।

लकडाउनको मौका पारेर लागु औषध कारोबार र ओसारपसार मौलायको खबर बाहिरिदै गर्दा इलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाले भने करिब ७ सय ग्राम लागुऔषध चरेस सहित ३ जनालाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय मैनापोखरबाट प्रहरी निरीक्षक धर्मराज जोशीको कमान्डमा खटिएको टोलिले ६ सय ९४ ग्राम लागूऔषध चरेस सहित तीन जनालाई रङ्गेहात पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीको ३२ वर्षीय काली बहादुर चंदारा, खजुरा गाउँपालिका वडा नम्बर ६ सिमलघारीकै बर्ष २६ को कमल बिश्वकर्मा र बढैयाताल गाउँपालिका वडा नम्बर ७ सितलाबजारका वर्ष ४८ का बल बहादुर कामी रहेको इलाका प्रहरी कार्यालय मैनापोखरका कार्यालय प्रमुख प्रहरी निरीक्षक धर्मराज जोशिले बताउनुभयो ।

बर्दियाको भोलागौरी जंगलहुँदै जमुनीबाट भारत तर्फ चरेस लैजादै गर्दा मैनापोखर प्रहरीले चरेस सहित तीन जनालाई पक्राउ गरेर थप अनुसन्धानमा रहेको प्रहरी निरीक्षक जोशिले बताउनुभयो । खोजखबर


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?