Logo

मन्त्री खानद्वारा ३७ जना उम्रह यात्रीहरुलाई विदाई

Samachar Rekhanews २८ पुष २०७९, बिहीबार १३:३१ मा प्रकाशित

२८ पौष, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री अब्दुल खानले नेपालगञ्जबाट साउदीअरब उम्रह गर्न जान लागेका तिर्थ यात्रीलाई विदाई गरेका छन् ।
मन्त्री खानले उम्रह गर्न जान लागेका ३७ जना तिर्थ यात्रीहरुलाई बिहीवार काठमाडौंको पन्च कश्मिरी तकिया मस्जिदवाट शुभकामनाका साथ सम्मान गर्दै विदाई गरेका हुन् ।
मन्त्री खानले सम्पूर्ण उम्रह यात्रीहरुलाई उम्रह यात्रा सफल रहोस् भनि शुभकामना दिँदै नेपाल र नेपालीको सुख, शान्ति र समृद्धिका लागि पवित्र धार्मिक स्थाल मक्कामा प्रार्थना समेत गर्न मन्त्री खानले आग्रह गरेका थिए ।
सो अवसरमा सांसद सेराज फारुकीले पनि सबै उम्रह यात्रीलाई बधाइ तथा शुभकामना व्यक्त गरेका थिए ।
उम्रह यात्री अनवर सिद्दिकीले ३७ जना उम्रह यात्री बाके जिल्लाकै रहेको बताएका छन् ।
उम्रह धार्मिक यात्रा २० दिनको रहने छ । उम्रहलाई सानो हज समेत भन्ने गरिन्छ । हरेक वर्ष नेपालबाट मुस्लिम समुदायका व्यक्तिहरु तिर्थ यात्राका हज र उम्रहका लागि सायौ जाना जाने गर्छन् । हजमा यात्रामा कुर्बानी गरिन्छ भने उम्रह यात्रामा कुर्बानी गर्नु पर्दैन ।
विश्वका सम्पूर्ण देशमा रहेका इस्लाम धर्मावलम्बीहरु आफ्नो जिवनमा एक पटक मात्र भए पनि साउदी अरबको मक्का शहरमा हज तथा उम्रहका लागि जाने गर्दछन् ।
नेपालगञ्जबाट हज तथा उम्रहका लागि जाने सम्पूर्ण यात्रीहरुलाई सहजिकरण तथा व्यवस्थापन नेपाल हज समितिले गर्ने हज समिति अध्यक्ष सम्शेर मियाँले बताएका छन् ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?