Logo

रमदानको अवसरमा अध्यक्ष शाहद्वारा शुभकामना व्यक्त

Samachar Rekhanews १० चैत्र २०७९, शुक्रबार १६:०७ मा प्रकाशित

१० चैत्र, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमदानले विविध धर्म र संस्कृति अँगाल्ने नेपालका सबैमा सौहाद्रता र राष्ट्रिय एकताको भावना अझै मजबुत बनाउन प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।
शुभकामना दिँदै अध्यक्ष शाहले पवित्र महिना रमदानको अगमनसँगै शान्ति र भाइचाराको सन्देश प्रवाह गर्दै यस पर्वका अवसरमा विश्वभरका इस्लाम धर्मावलम्बीलाई ‘रमदान मुवारक’ भन्दै शुभकामना दिए ।
इस्लामिक क्यालेन्डरअनुसार रमदानको एक महिनाभरि भोक र तिर्खा बिर्सेर इन्द्रियहरूलाई क्रोध र स्वार्थजस्ता अवगुणबाट टाढा राखी मानव जातिका लागि आदर्श जीवनयापनको अभ्यास गर्ने अवधिका रुपमा ग्रहण गरिएको अध्यक्ष शाहले बताए ।
अध्यक्ष शाहले देशमा इस्लाम धर्मावलम्बीको धार्मिक स्वतन्त्रता, हकअधिकारलाई सुव्यवस्थित एवं सुनिश्चित गर्न राज्यलाई गम्भीर बन्न जरुरी रहेको जिकिर गरे ।
यसैगरी मानव अधिकार संरक्षण तथा प्रवद्र्धन केन्द्रका केन्द्रीय अध्यक्ष एंव मुस्लिम पत्रकार क्लबका अध्यक्ष आलम खानले रमदान महिनाले सबै समुदायका नेपालीबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र विकसित समाज निर्माण गर्न प्रेरणा प्रदान गर्ने भन्दै शुभ कामना व्यक्त गरे । संविधानले सबै धर्म र संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्य लिएको बताउँदै मुस्लिम समुदायको संस्कृतिको संरक्षण गर्न रमदानको रोजाको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गरे ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?