Logo

संबिधान दिवसको अवसरमा नरैनापुरमा बृक्षा रोपण र सरसफाई सम्पन्न

Samachar Rekhanews ३ आश्विन २०७९, सोमबार १३:०१ मा प्रकाशित

बाँके । संविधान दिवसको अवसर पारेर नरैनापुर गाउँपालिकाले अन्तरक्रिया, सरसफाइ तथा बृक्षारोपण गरेर संविधान दिवस मनाएको छ ।

मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधानसभाले नेपालको संविधान २०७२ जारि गरेकोले संविधान दिवस आम जनताको दिवस भएको भन्दै सबैले हर्षोल्लासका साथ मनाउने सिलसिलामा नरैनापुर गाउँपालिकाले मनाएको छ ।

नेपाली जनताको शक्ति र बलिदानीबाट प्राप्त संविधानसभाबाट बनेको संविधानको पालना गर्नु सबै नागरिकको जिम्मेवारी रहेको हुदा उक्त दिनको अवसर पारेर खुसीयालि स्वरुप कार्यक्रम नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताए ।

नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले मुलुकमा गणतन्त्र आम जनताको आन्दोलनको बलमा प्राप्त भएको र सोहि आन्दोलनको बलमा प्राप्त व्यवस्था मार्फत गठीत संविधानसभाले नेपालको संविधान २०७२ जारि भएको बताउदै संविधान दिवसको शुभकामना व्यक्त गरे । उनले मौलिक हकका महत्वपूर्ण कानूनहरु बन्दैछन्, परिस्थिति पहिलेभन्दा परिवर्तन भएको छ त्यो भएर सबै जना मिलेर अगाडि बढ्न जरुरी रहेको जिकिर गरे ।

अध्यक्ष शाहले स्थानीय सरकारको नेतृत्व गरेको हैसियतले नागरिकको मौलिक हक कार्यान्वयन गराउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

देशको मूल कानुन संविधान घोषणा भएको दिनको अवसर पारेर आयोजित कार्यक्रममा बोल्दै इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरीक्षक बिर बहादुर सुनारले संविधानप्रदत्त अधिकार प्रयोग गर्दै विभिन्न सामाजिक संघसंस्था र आम नागरिकले विभिन्न क्षेत्रबाट समृद्ध नेपालको लागि प्रदान गरिरहेको योगदानको राज्यले कदर गर्ने बताए ।

संबिधान दिवसको अवसरमा नरैनापुर गाउँपालिकाको नवनिर्मित भवनमामा बृक्षारोपण र सरसफाई कार्यक्रम गरिएको थियो ।

नरैनापुर गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहको अध्यक्षतामा सुरु भएको कार्यक्रममा वडा नं १ अध्यक्ष इसाक जोलाह, वडा नं ३ का वडा अध्यक्ष अजय मिश्रा, वडा नं ४ का अध्यक्ष मनोज कुमार शर्मा, वडा नं ६ का अध्यक्ष प्रेम मौर्य, सशस्त्र प्रहरी निरीक्षक बिर बहादुर सुनार, नन्द किशोर, दयाराम पौडेल, देबेन्द्र प्रसाद मैनाली, सुचना अधिकारी लक्ष्मीकान्त मिश्रा लगायत कर्मचारी सर्वसाधारण राजनितिक दलका नेताहरुको सहभागिता रहेको कार्यक्रमको संचालन जिन्सी शाखा प्रमुख भरत महतोले गरेको थिएँ ।


लोकप्रिय समाचार
ताजा समाचार
April 2024
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
लोकप्रिय छुटाउनुभयो कि ?