Logo

बझाङ दुर्घटना : कानूनमन्त्रीसहित तीनजनाको अवस्था गम्भीर, हेलिकप्टरबाट नेपालगञ्ज लगिँदै।

Samachar Rekhanews ५ असार २०८०, मंगलवार १५:५२ मा प्रकाशित

सरला सुबेदी बाँके ।सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंह सवार गाडी दुर्घटना परी गम्भीर घाइते भएका छन् ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर आउने क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी दुर्घटनामा परेको हो । बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा गाडी दुर्घटना हुँदा मन्त्री सिंहसहित ४ जना घाइते छन् ।

चारजनामध्ये चालकबाहेक अन्य तीनजनाको अवस्था गम्भीर रहेको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले  जानकारी दिइन् । उनका अनुसार गम्भीर घाइतेहरूलाई हेलिकप्टरबाट नेपालगञ्ज लैजाने तयारी भइरहेको छ ।


लोकप्रिय समाचार
ताजा समाचार
September 2023
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
लोकप्रिय छुटाउनुभयो कि ?